नेपाली समय: १२:३२:५७ am
वि.सं २०८० आश्विन ११   बिहीवार

हरि प्र. दाहाल लेख्छन्– कोरोना विषाणुः मानव अस्तित्वमाथि प्रकृतिको निर्मम प्रहार

निर्माण सञ्चार, ६ वैशाख, २०७८, काठमाडौं । कोरोना एक भाइरसको नाम हो । गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोचोटी कोरोना भाइरस देखा परको हो ।

यो भाइरसले संसार भर यो आलेख तयार गर्दा सम्म तीन लाख २७ हजार ५ जना मानिसको ज्यान गैसकेको छ । कोरोना भाइरस कोभिड – १९ संक्रमण भएपछि संक्रमित व्यक्तिलाई २ देखी १४ दिन सम्ममा लक्षण देखा पर्छ ।

कसैलाई लक्षण छिटो देखा पर्छ भने कसैलाई ढिलो देखा पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका लक्षणहरु ज्वरो आउने, स्वास फेर्न गाह्रो हुन्छ ।

  • अमेरिकाको संसदमा हिन्दूपुजारीबाट स्वस्ती पाठ गराइएको छ । महामारीले आर्थिक, राजनीतिक, धार्मिक अध्यात्मिक चेतलाई अस्थिर बनाइदिएको छ
साथै थकाइ लाग्ने, घाँटी दुख्ने, जीउ दुख्ने हुन्छ । कारोनाका बिरामीलाई स्वाद तथा वासना थाहा नपाउने हुन्छ । यो भाइरसले फोक्सोमा संक्रमण गर्छ । 

कोरोना भाइरस संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । मेडिकल साइन्सको यस युगमा पनि यस कोरोना भाइरसको उपचारका लागी खोप औषधी आविस्कार भएको छैन । संसारभर त्रासदी फैलिएको छ । मानिस हाहाकार भएका छन ।

यसको रोकथाम गरेर नै अहिलेका लागी कोरोनाबाट जोगिन सकिन्छ । विश्व स्वास्थ्य संगठन, चिकित्सक, स्वास्थ्यकर्मीले सरसफाई र सोसल डिस्ट्यान्सिङमा ध्यान दिन सबैलाई विषेश जोड दिएका छन ।

सरसफाई अन्तर्गत पटक पटक साबुनपानीले मिचिमिची हात धुन सुझाएका छन । वास्तवमा संसारकै मान्छेलाई धावा बोलिरहेको कोरोना भाइरस  अस्तितवमाथि प्रकृतिको निर्मम प्रहार हो । 

नाक मुखबाट कोरोना भाइरस घाटी हुदै फोक्सोमा पुगेर संक्रमण बढाउने भएकोले बाहिर हिड्दा गुणस्तरीय मास्क लगाउनुपर्छ भनिएको छ । नाक मुख आखा तथा अनुहार छुदा संक्रमण बढ्ने खतरा रहन्छ भनिएको छ । वाह्य वस्तु समातेपछि, छोएपछि, चलाएपछि साबुनपानीले हात धुनुपर्छ ।

हात धुनका लागी तत्काल संभव नभएमा अल्कोहल युक्त गुणस्तरीय हेण्ड सेनिटाइजरको प्रयोग गरेमा विषाणु नष्ट हुन्छ । मानव अस्तित्वमा नै तीब्र आक्रमण गरिरहेको छ ।

हरेक व्यक्तिले रोग प्रतिरोधक क्षमता बढाउने पोषिला खानेकुरा खानुपर्छ । योग, ध्यान, शारिरीक अभ्यासबाट रोगप्रतिरोधी क्षमता बढाउन सकिन्छ ।

अध्ययन, लेखन, संगीत, साधना, नृत्य, अभिनय, प्रस्तुती र विचार अभिव्यक्तका माध्यमबाट आत्मबल बढाउन सकिन्छ । आत्तिएर हैन । संयमित, सचेत र सुसूचित भएर कोरोना संग जुध्नुपर्छ । व्यक्तिमा महामारीमा जुध्न आत्मबल,संयमता रसूचनाको सन्तुलन हुन आवश्यक छ ।   

कोभिड–१९ को संक्रमणबाट जोगिनका लागी संसारभर लगभग एकै किसीमको नियम लागू भएको छ । कोरोना विषाणुको उपचारका लागी औषधी, खोपको आविष्कार हुन सकेको छैन । यस त्रासदीको  अवस्थामा रोकथाम नै एक मात्र बिकलप हो । मानव जातिको अस्तित्व माथी नै संकट रहका बेला सबै मानव जातीको बचाउका लागी लगभग उस्तै किसिमका उपाय अपनाइरहेको देखिन्छ । 

१.यात्रामा बन्देज 

लक डाउन अथवा बन्दाबन्दीका अवस्थामा संसारभर एकठाउबाट अर्को ठाउमा आवतजावत गर्न बन्देज लगाइएको अवश्था छ । एयरलाइन्स कम्पनीका जहाजहरु ग्राउन्डेड गरिएको छ । आन्तरिक होस अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवाका लागी भने हवाई उडान गरिएका छन । औषधी स्वास्थ्य सामग्री ओसारपसार भने सुचारु छन । यात्रुवाहक रेल सेवा, बस सेवा, पानी जहाज सेवा पनि बन्द छन । रोजगारीका लागी विदेशमा रहेका कामदारहरु कार्यस्थलमा छन ।

अध्ययनका लागी विदेशमा गएकाहरु उतै रहेका छन । संसारभर भ्रमणमा गएका मानिसहरु प्रभावित भएका छन । उपचारका लागी अन्यत्र गएका विरामी र आफन्तहरु पनि बिचल्ली भएका छन ।

यात्रामा बन्देज लगाएका कारण चीनमा कोरोनाको संक्रमण नियन्त्रणमा रह्यो भनिएको छ । यात्रामा रोक लगाए संगै सामाजिक पृथकीकरण गरेमा मात्र यो विधी प्रभावकारी हुन्छ । व्यापार उद्योग, सेवा क्षेत्रमा रोजगारी गुमेको छ ।

आर्थिक निरासा बढेको छ । यसका लागी आर्थिक पुनरुत्थानका कार्यक्रम शुरु गर्न आवश्यक छ । 

२.सामाजिक पृथकीकरण 

संक्रमण फैलिनबाट रोक्नका लागी सोसल डिस्टान्सिङको अवधारणा अगाडी आएको हो । संक्रमित व्यक्तिले हाछ्यू गर्दा र खोक्दा निस्किने खकार र सिंगान (ड्रपलेट) बाट निस्किने भाइरस स्वस्थ  व्यक्तिमा सर्छ ।

भाइरस सर्नबाट जोगिनका लागी एकअर्का बीच कायम गरिने दूरीलाई सोसल डिस्टान्सिङ (सामाजिक दूरी), फिजिकल डिस्ट्यासिन्ङ (भौतिक दूरी) अपनाउने लागी करिब २ मीटरको दूरीमा रहनु बस्नुपर्छ भन्ने मान्यता हो ।

भीडभाडमा हुँदा संक्रमित व्यक्ति रहेछ भने तत्काल धेरैजनामा रोग सर्न सक्छ ।

सोसल डिस्ट्यान्सिङका मापदण्ड देश अनुसार फरक छ । बेलायत, अमेरिकामा ६ फीट वा दुई मीटर कायम गरिएको छ । अष्ट्रेलियामा १.५ मीटर तय गरिएको छ ।

इटली रु स्पेनमा १ मीटर मात्र तोकिएको छ ।

लेखकः हरि प्रसाद दाहाल, समसामयिक विषयमाथि चिन्तन गर्छन् । 
कोरोना लाग्नबाट बचनका लागी अंकमाल नगर्न र शारीरिक सम्पर्क भनिएको छ । अभिवादनका लागीका नमस्कार गर्ने, टाढैबाट हात फैलाउने, छातीको बायाँ भाग वा मुटु नजिक बायाँ हत्केला राख्ने, आखी भुई उचाल्ने, लगायतका संकेत गरिएका छन ।

बेलयाती राजकुमार चाल्र्स, विश्व स्वास्थ्य संगठनका  महानिर्देशक टेड्रोस अधानोम गेबेरियसस, जारायली प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले पूर्वीय संस्कारको अभिवादन नमस्कार सुरुवात गरेका छन ।

घर तथा कार्यालय, अस्पताल, बजार, सुपरमार्केटमा यसरी सामाजीक दूरी कायम गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिने छ । विद्यालय, कलेज, युनिभर्सिटी लक डाउन हुदा विद्यार्थीका सिकाई प्रभावित हुन्छ ।

अलवा मानिसको सामाजिक विकासको निरन्तरता र आर्थिक विकासको भविष्य अनिस्चित भइरहेको छ ।       

३.लक डाउन

कोरोना विषाणको नियन्त्रणका लागी हरेक देशले फरक फरक रणनीति अपनाएका छन ।

त्यसमा बन्दाबन्दी लक डाउन लोकप्रीय छ । कोरोना विषाणुको उद्गमस्थान चीनको वुहान शहरमा चीनिया सरकारले लक डाउन विधी अपनायो । लकडाउन भनेको जो जहा छ ।

अफिस, कार्यलय, होटल, उद्योग, व्यवसाय, रेष्टुरेन्ट बन्द छन ।

सेवा प्रदायक पनि छैनन । सेवाग्राही पनि छैनन । बैंक वित्तीय संस्थाले न्यून सेवा दिएका छन । शर्तसहितका आँशिक सेवा बेचेका छन । अत्यावश्यक हस्पिटल फार्मेसी खुला छन ।

त्यही सुरक्षित भएर बस्नु हो । लक डाउनमा घर बाहिर निस्किन दिइदैन । अत्यावश्यक कामका लागी बाहिर निस्किनु परेमा अनुहारमा मास्क लगाउने हातमा पन्जा लगाउने, चश्मा लगाउने र कसैलाई पनि नछोइकन हिड्ने गरिन्छ ।

करिब १ मटिरको दूरीमा बस्ने । अंकमाल नगर्ने, हात मिलाउन बन्देज भयो । टाढैबाट अभिवादन गर्ने, नमस्कार गर्ने नेपाली संस्कार फैलियो । लक डाउनमा सरकारले कार्यालय, व्यापार, उद्योग, यातायात बन्द गरायो ।

अस्पतालमा विषेश सुरक्षाका साधन जस्तै पीपीई व्यक्तिगत सुरक्षा साधन लगाएर मात्र काम गर्नुपर्छ । संक्रमित व्यक्तिले प्रयोग गरेका साधन र सामग्री डिसइन्फेक्सन गर्नुपर्छ । 

कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागी सरकारले उप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा कोरोना संकट व्यवस्थापन समिति गठन गरेको छ ।

सीसिएमसी को कार्यालय नेपाली सेनाको छाउनी स्थित व्यारेकमा स्थापना गरिएको छ । कोरोनाको संक्रमण नेपालका ३८ जिल्लामा देखिइसेको छ । यस विषाणुले ४४४ जना संक्रमित भएका छन ।

४५ जना विरामी निको भएर घर फर्केका छन । हाल सम्म २ जनाको दुःखद निधन भैसकेको छ । 

४.भीडभाडमा रोक 

विश्वका अधिकाँस क्षेत्रमा कोरोनाको महाव्याधीले गर्दाखेरी खेलकुद प्रतियोगिता, फिल्महल र सांगीतिक कार्यक्रम गर्नमा रोक लगाइएको अवश्था छ । फुटबल क्रिकेट, एथलेटिक्स लगायत आयोजना गर्दाखेरी ठूलो भीडभाडमा संक्रमणको जोखिम ज्यादै रहने हुन्छ । यस्ता कार्यक्रममा सामाजकि दूरी कायम गर्न गराउन पनि असम्भव प्राय हुन्छ ।

  • मजदुरले १५ दिन सम्म पैदल हिडेर सुरक्षित स्थानको खोजी गरेका छन । मजदुर र किसान सामान ओसार्ने ट्रकमा लुकेर शहरबाट सुरक्षित स्थानको खोजीमा लागेका छन । महामारीमा मजदुर, किसानले शहरलाई गाउँलाई सुरक्षित देखेर ग्रामीण भेगमा सरेका छन
खेलकुद प्रतियोगिता, सांगितिक कार्यक्रममा रोक लगाउदा श्रमिकको रोजगारी र लगानीकर्ता उद्यमीको व्यवसायमा संकट उत्पन्न भएको छ । 

५.क्वारेन्टीन वा एकान्तबास

स्वास्थ्य हेरचाह, उपचार, सरसफाईका दृष्टिले संक्रमित व्यक्तिलाई क्वारेन्टीन वा एकान्तबासमा राख्नु उपयुक्त विधी मानिएको छ । क्वारेन्टीनमा रहेको संक्रमित व्यक्तिबाट संक्रमण फैलिन पाउदैन ।

क्वारेनटीनमा कडा सुरक्षा दिइएको हुन्छ । सुरक्षा घेरा भित्र अनुशासित भएर रहनुपर्छ ।

क्वारेनटीनमा पथपरेजमा रहनु भनेको समाज सेवा पनि हो । आफूमा भएको संक्रमण अरु व्यक्तिलाई सर्नबाट रोक्नु मानव हित हो । सन २००३, सिंगापुरमा सार्स रोगको प्रकोपका बेला पनि संक्रमितलाई क्वारेनटीनमा  राखिएकाृ थियो ।

कोही संक्रमित स्वच्छाले नै क्वारेनटीनमा बसेका थिए ।

६.गृहबास आदेश

दिन दिनै संक्रमितको संख्या बढ्न थाले पछि प्शासनले गृहबास आदेश जारी गरिरहेका छन । संक्रमितसंग भेट हुनबाट रोक्नका लागी सरकारी अधिकारीहरुले धमाधम गृहबास आदेश जारी गरेर परिस्थितीलाई नियन्त्रणमा लिन थालेका छन ।

संक्रमित भेटिएका क्षेत्रलाई सील गरेर थप टेस्ट गरेको खण्डमा संक्रमण रोक्न सजिलो हुन्छ । अत्यावश्यक काम जस्तै खानेकुरा, औषधी खरिद गर्नबाहेक बाहिर निस्किन पाइदैन । सुरक्षाकमीले इमरजेन्सी अवस्था हस्पिटल जाने व्यक्तिलाई सहयोग गर्नुपर्छ । 

संसारभर कोभिड – १९ बाट ५०लाख ५४ हजार जना संक्रमित भएका छन । ती मध्ये १९ लाख निको भएका छन । तर ३ लाख २७ हजार जनाको कोरोनाले ज्यान लिएको छ ।

कोरोनाका कारण शत्तिसाली मुलुक अमेरिकाले सबैभन्दा ठूलो मानवीय क्षति व्यहोरिरहेको छ । अमेरिकामा संक्रमितको संख्या १५ लाख ४३ हजार, निको भएका बिरामीको संख्या २ लाख ९४ हजारको हाराहारीमा छ ।

तर मृत्युहुनेको संख्या ९३ हजार ९ सय नाघिसको छ ।

बेलायतमा संक्रमितको संख्या २ लाख ४८ हजार जना र मृतकको संख्या ३५ हजार ३ सय नाघिसकेको छ । इटलीमा संक्रमित २ लाख २७ हजार ३ सय जना मृतक ३२ हजार ३ सय भन्दा बढि रहको छ । स्पेनमा संक्रमित २३२ हजार ८ सय र मृतकको संख्या २७ हजार ८ सय ८८ रहेको अवश्था छ ।

फ्रान्समा २८ हजार १३२ को मृत्यु भैसकेको छ । चनिमा ४ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ । 

विश्वभर, कोरोनाबाट मजदुर, किसान, श्रमिकको जीवन पीडादायी भएको छ । ननकोभिडले धेरै मानिसको मृत्यु भएको छ । दीर्घरोगी, गर्भवती महिला, दुर्घटनाका घाइतेहरुको तथ्याँक र अवस्थाका बारेमा कहालीलाग्दो अवस्था छ ।

  • संक्रमण तीब्र भएका बखत इटलीका सडकमा नगद मिल्काइएको छ । युरोपका केही सरकार प्रमुखले आकासको प्रार्थना गर्नु बाहेकका बिलप नरहेको स्वीकारेका छन । मानिसहरुले आत्महत्या गरेका छन ।
मजदुरले १५ दिन सम्म पैदल हिडेर सुरक्षित स्थानको खोजी गरेका छन । मजदुर र किसान सामान ओसार्ने ट्रकमा लुकेर शहरबाट सुरक्षित स्थानको खोजीमा लागेका छन । महामारीमा मजदुर, किसानले शहरलाई गाउँलाई सुरक्षित देखेर ग्रामीण भेगमा सरेका छन ।

आम मान्छे रोगसंग भन्दा भोक संग डराएको देखिएको छ ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले मानीय क्षती तिब् हदै गर्दा विश्व स्वास्थ्य संगठनको आलोचना गरेका छन ।

संक्रमण तीब्र भएका बखत इटलीका सडकमा नगद मिल्काइएको छ । युरोपका केही सरकार प्रमुखले आकासको प्रार्थना गर्नु बाहेकका बिलप नरहेको स्वीकारेका छन । मानिसहरुले आत्महत्या गरेका छन ।

अमेरिकाको संसदमा हिन्दूपुजारीबाट स्वस्ती पाठ गराइएको छ । महामारीले आर्थिक, राजनीतिक, धार्मिक अध्यात्मिक चेतलाई अस्थिर बनाइदिएको छ ।  

 


०००
 



प्रकाशित: २०७७ जेठ ८
May 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार