नेपाली समय: १०:०७:४१ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

संविधान संशोधन प्रस्ताव दार्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

निर्माण सञ्चार, ९ जेठ, काठमाडौं । नयाँ नक्सा जारी भएसँगै सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने भएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची–३ लाई संशोधन गर्न आवश्यक छ । जसमा राष्ट्रको निशान छापबारे संवैधानिक प्रावधान रहेको छ । सोको संशोधनका लागि संविधान संशोधन गर्न लागिएको एक मन्त्रीले जानकारी दिए ।


नेपाल सरकारले सोमबार मात्र नयाँ नक्सा स्वीकृत गरेको थियो भने लगत्तै बुधबार नयाँ नक्सा पनि सार्वजनिक गरिसकेको छ ।


०००



प्रकाशित: २०७७ जेठ ९
May 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार