नेपाली समय: ०९:४२:१५ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

आजै दर्ता भयो संसदमाः संविधान संशोधन विधेयक !

निर्माण सञ्चार, ९ जेठ, काठमाडौं । मन्त्रिपरिषद्बाट निर्णय गरेको केही बेरमै सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । 

जुन विधेयकलाई कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै मात्रा जारी गरेको नेपालको नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

करिब ७ दशक लामो अवधिसम्म उक्त भूभाग नेपालबाट गुमेको र भारतले फिर्ता नदिएको अवस्थामा भारत सरकारले एकतर्फी रुपले लिपुलेक हुँदै मानसरोवर जाने बाटोको उद्घाटन गरेपछि नेपाल सरकारले आफ्नो भूभाग समेटिएको नक्सा जारी गरेको हो ।

यो विषयलाई लिएर भारतीय सञ्चार माध्यमहरु नेपाल विरुद्ध जेहाद छेडिरहेका छन् भने अनर्गल भ्रम छरिरहेका छन् । यसका बाबजुद नेपालमा पनि भारतीय चरित्रको कडा विरोध भइरहेको छ । 

०००

Read it roo

संविधान संशोधन प्रस्ताव दार्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

उपप्रधानमन्त्री पोखरेलको भारतलाई काउन्टरः ‘भारतसँग परिआएको सामना गर्न तयार छौंँ’

महानायक सहित जोडिने कि राष्ट्रियताको अभियानमाः ‘लिम्पियाधुरा र लिपुलेक नेपालकै हो, भारतले तथ्‍य स्वीकार्नु पर्छ’ (भिडियो सहित)

 

 



प्रकाशित: २०७७ जेठ ९
May 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार