नेपाली समय: ०९:४६:५१ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

दुखका साथी मनकारी तराबहादुरः छैठौं चरणमा पनि सय परिवारलाई दिए राहत

निर्माण सञ्चार, १० जेठ, काठमाडौं । भूकम्प गएको वर्ष जसरी तारा बहादुर कुँवरले आफ्नो सारा बर्कत लगाएर, होभी औजार (डोजरहरु) दिएर उद्धार र राहतमा काम गरेका थिए, कोरोना महामारीको बेलामा पनि उनले आफ्नो उदार मनको परिचय दिएका छन् । 

भूकम्पका बेला नेपाली सेना, प्रहरीसँगै उनको हेभी औजारहरु भत्केका घर र पुरिएका मानिसहरुको उद्धारमा सहयोग पुराए बापत उनलाई नेपाली सेना र सरकारले पनि सम्मान गरेको ताजै छ ।

  • उनी निर्माण क्षेत्रभित्र मजदुरहरुको पनि यस्तै भोकभोकै मर्ने दिन आउन सक्ने भन्दै निर्माण व्यवसायीहरुलाई पनि मानवीय मनले मजदुरहरुलाई राहत सहयोगमा जुट्न अपिल गरिरहेका छन् 
  • उनले भने, ‘काम गर्ने बेला त्यही मजदुर चाहिन्छ, तर भोकभोकै मर्न लाग्यो भने भोलिका दिनमा त्यही मजदुर खोजेर पाइन्छ र ? जोगाउनु पर्दैन ?’
बानी नै परोपकार गर्ने परेका भएर होला उनले अहिले कोरोना महामारीले खान नपाउने तहका सर्वसाधारणहरुलाई दाल, चामल, तेल बाँडेर घरको चुल्हो तताउने काम गरेका छन् । 

समाज सेवा भन्नेबित्तिकै ज्यानै छाडेर लाग्ने नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष समेत रहेका कुँवर कोरोना महामारी अघि चक्रपथ सरसफाइका हप्ते अभियान गरिरहेका थिए । धुलो र मैलो सडकमा डोजर, पानीको फोहोरा, हातमा झाडू लिएर पञ्जा र मुखमा मास्क लगाएर सडक बढारिरहेका हुन्थे ।

अहिले पनि मुखमा मास्क छुटेको छैन । सरकारले तोकेको सामाजिक दूरी कायम गर्दै अध्यक्ष कुँवरले निरन्तर राहत वितरण गरिरहेका छन् । 

शनिबार ठिक ११ बजे, हजुरलाई नमस्ते ट्रेड लिंककै परिसरमा उनले एक सय परिवारका लागि परिवारपिच्छे १० किलोग्रामका दरले चामल वितरण गरेका छन् ।

निर्माण मिडियासँग बोल्दै अध्यक्ष कुँवरले एक हजार किलो चामल वितरण गरेको बताए । उनले भने, ‘अझै ४५ परिवारले नाम लेखाएका छन् । आउने हप्ता उहाँहरुलाई दिलाउने गरी म लागिरहेको छु ।’

आजको राहत अभियानमा उनले आफूजस्तै मनकारी एकजान दाता पनि जोडाउन सफल भए । काभ्रे पनौतीबासी प्रवेश केसी यतिबेला स्कटल्यान्ड बस्ने गर्छन् । उनी सहित भएर आजको राहत वितरण गरिएको कुँवरले बताए । जसका लागि ६० हजार रुपियाँ बराबरको राहत वितरण गरिएको हो ।

लकडाउनको ६२ औं दिनमा उनले छैठौं चरणको राहत वितरण गरेका हुन् । जुन कार्यक्रमका लािग प्रमुख अतिथि थिइन् सांसद कमला रोका । त्यस्तै समाज सेवाको यो अभियानमा शोभा बढाउन भनेर आएका थिए काठमाडौं महाननगरपालिका– १३ का वडा अध्यक्ष ध्रुवनारायण मानन्धर । वडा सदस्यहरु रामबाबु कोइराला, नागार्जुन–४ का वडासदस्य विश्वेश्वर प्रसाद ढुंगाना पनि सरिक थिए ।

अध्यक्ष कुँवरले लकडाउनका कारण कामबिहीन मजदुर, असक्त तथा अपांग, सुत्केरी एवम् आफन्त नभएका असहाय दाजुभाइ दिदीबहिनीहरुका लागि राहत वितरण गरेको जानकारी दिए 

तपाई यति धेरै राहत बाँढिरहनु भएको छ, यसको सन्देश के हो त ? भन्ने प्रश्नमा कुँवरको भनाइ छ, ‘हजुर आफूलाई जस्तै अरुलाई पनि दुख सुख हुन्छ भन्ने लाग्छ । आफूलाई भोकलाग्दा अरुलाई पनि लाग्छ भन्ने लाग्छ । लकडाउनले व्यवसाय डुबेको छ । बैंकको ऋण तिर्न पनि अब नसकिने भइसकियो । तर, पनि साथीभाइ मिलेर, ऋणमाथि ऋणै थपेर पनि सामाज सेवा गर्न पछि नपरेको हो हजुर !’


परोपकारी मनका कुँवर आफूजस्तै गाउँठाउँबाट आएका, आफ्नो पाखुरी र पसिनाको कमाइमा विश्वास गर्नेहरुको नाम संकलन गरेर, स्थानीय जनप्रतिनिधिहरुको साथ सहित नै राहत वितरण गर्दै आइरहेका छन् । 

उनले यस अघि पाँच पटक राहत दिइसकेका छन् ।

उनी निर्माण क्षेत्रभित्र मजदुरहरुको पनि यस्तै भोकभोकै मर्ने दिन आउन सक्ने भन्दै निर्माण व्यवसायीहरुलाई पनि मानवीय मनले मजदुरहरुलाई राहत सहयोगमा जुट्न अपिल गरिरहेका छन् ।

उनले भने, ‘काम गर्ने बेला त्यही मजदुर चाहिन्छ, तर भोकभोकै मर्न लाग्यो भने भोलिका दिनमा त्यही मजदुर खोजेर पाइन्छ र ? जोगाउनु पर्दैन ?’


(राहत पछि सर्वसाधारणः तस्वीर स्रोत– अध्यक्ष कुँवरको सचिवालय)
 

 

OOO



प्रकाशित: २०७७ जेठ १०
May 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार