नेपाली समय: ०१:५९:०८ बिहान
वि.सं २०७७ आश्विन १५   बिहीवार

शुक्रबार देखियो अहिलेसम्मकै बढी संक्रमितः कूल संक्रमित पुगे ५ हजार ६२

निर्माण सञ्चार, ३१ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको अनुपात हेर्दा शुक्रबार आजसम्मकै अधिक संक्रमित पुष्टि भएका छन् । ४४८ नयाँ थपिएका संक्रमितको संख्या आजसम्मकै अधिक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्ला २४ घण्टामा विभिन्न जिल्लामा गरी ४४८ जना संक्रमित थपिएका हुन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने तीमध्ये ८७७ जना उपचारपछि निको भई घर फर्केका छन् । 

कोरोना संक्रमणबाट शुक्रबारसम्म १६ जनाको मृत्यु भएको छ। 

शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयको भनाइ छ । १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा रहेका छन् ।


०००

सम्बन्धित समाचार 

 



प्रकाशित: २०७७ जेठ ३१
June 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार