नेपाली समय: ०९:३३:४१ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

प्रचण्डले गरे खबरदारी ‘राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउँदै छ, खबरदार !’

निर्माण सञ्चार, ३१ जेठ, काठमाडौं । संविधान संशोधनका लागि सरकारले गरेको प्रस्तावमाथि बोल्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको भूमि गणतन्त्र कालमा फिर्ता हुन लागेको भन्दै राजावादीहरुलाई नसल्बलाउन खबरदारी गरेका छन् । 

प्रतिनिधसभाको शनिबारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधिनताको विषय भएको र गौरवको विषय भएको नेता प्रचण्डको भनाइ छ । 

उनले भने, ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आएका छौं ।’

प्रतिनिधिसभामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा दाहालले उक्त कुरा बताएका हुन् ।

दाहालले उक्त विधेयकमा नेपालीले जनाएको समर्थनमा आफ्नो पनि ऐक्यबद्बता रहेको पनि बताए । उनले विधेयकमा सुरुदेखि सर्वसम्मति रहँदै आएको र अब पनि सर्वसम्मतिले पारित हुनेमा आफू विश्वस्त रहेको पनि उनको भनाइ छ । 

आजको यस वैठकले मुलुकले गुमेको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक संवैधानिक रुपले आफ्नो अपनत्व ग्रहण गर्दै छ । 

अध्यक्ष प्रचण्डले राजतन्त्र कालमा नपालको गुमेको भूभाग फिर्ता लिने चरण आउन नेपालमा गणतन्त्र आउनु परेको भन्दै उनले सम्झाएका थिए । 

 

०००



प्रकाशित: २०७७ जेठ ३१
June 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार