नेपाली समय: ०३:३९:२३ अपरान्ह
वि.सं २०७७ कार्तिक ५   बुधवार

‘भूमि फिर्ता ल्याउन काँग्रेसको साथ रहन्छ’ सभापति देउवा

निर्माण सञ्चार, ३१ जेठ, काठमाडौं । गुमेको नेपाली भूभाग सहितको नयाँ नक्सा पारित गर्दै गर्दाको संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयकमा आफ्नो दलको पूर्ण समर्थन रहेको बताएका छन्।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न गरिएको संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको उनको भनाइ रहेको हो ।

‘संविधान संशोधनमा पूर्ण समर्थन छ,’ उनले भने, ‘भूमि फिर्ता ल्याउन विपक्षी दलको हैसियतले सहयोग रहन्छ।’

काली नदी पूर्व नेपाली भूमि रहेको देउवाले बताए। उनले सबै दल एक ठाउँमा उभिनुलाई राष्ट्रिय हितका लागि राम्रो हुने उनको भनाइ छ । 
सभापति देउवाले संविधान संशोधनमा छिटोभन्दा छिटो मतदान गर्न चाहेको पनि बताएका थिए । 

 

०००



प्रकाशित: २०७७ जेठ ३१
June 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार