नेपाली समय: ०२:००:४९ बिहान
वि.सं २०७७ आश्विन १५   बिहीवार

कोरोना संक्रमित थपिए २७३ः थप दुईको मृत्यु

निर्माण सञ्चार, ३१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे पुष्टि गरेको हो । जस अनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, पर्सा र बर्दियामा ६–६ जना, झापा र रुपन्देहीमा ५–५ जना, मोरङ र पर्वतमा ४–४ जना, दाङ र गुल्मीमा २–२ जना, महोत्तरी, बारा, नवलपरासी १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । 

यसैबीच कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय  बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको गौतमले बताए । उनमा केोरोना पुष्टि भएको छ ।


यसैगरी पर्सामा जेठ २८ गते मृत भेटिएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।   नारायणी अस्पतालमा गरिएको पोस्टमार्टमका क्रममा उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।


०००

सम्बन्धित समाचार 



प्रकाशित: २०७७ जेठ ३१
June 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार