नेपाली समय: ०२:१७:२५ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

एकको मृत्यु सहित थपिए नयाँ ४२५ कोरोना संक्रमितः संक्रमितको संख्या पुग्यो ५७६०

निर्माण सञ्चार, ३२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यससँगै संक्रमितको संख्या ५७ सय ६० पुगुको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने नौ सय ७४ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार सबैभन्दा धेरै रौतहटमा ७६ जना संक्रमित थपिएका छन् । 

एकको मृत्यु

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको थियो । 

 

०००

सम्बन्धित समाचार 



प्रकाशित: २०७७ जेठ ३२
June 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार