नेपाली समय: ०१:४६:१२ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

कोरोना संक्रमित पुगे ६ हजार २ सय ११, मृतक पुगे १९

निर्माण सञ्चार, १ असार, काठमाडौं

नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको पछिल्लो आँकडा अनुसार कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। 

सोमबार ४५१ थपिएसँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिएको बताए। 

पछिल्ला दिनमा थपिए मध्येको यो संख्या हालसम्मकै उच्च हो। 

हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा ६७ जना कोरोनामुक्त भएका छन्। 

आजसम्म १ हजार ४१ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।


०००

सम्बन्धित समाचार 

 

 



प्रकाशित: २०७७ आषाढ १
June 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार