नेपाली समय: ०९:१०:२६ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

कोरोना संक्रमणबाट मृत्यु हुने २२ः संक्रमितको संख्या ७ हजार १७७

निर्माण सञ्चार, ३ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको संख्या ७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ  भने पछिल्लो आँकडा अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । कैलालीका दुईको कोरोनाबाट भएको मृत्यु पुष्टि भएसँगै मर्नेको संख्या २२ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एक हजार १६७ जना संक्रमित सफल उपचार पछि घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

मिर्गौलासम्बन्धी समस्याका कारण उनलाई ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएका उनको थप रिपोर्ट नआउँदै मृत्यु भएको थियो ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको चिकित्सक स्रोतले जानकारी गरायो । 

त्यस्तै, कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट पछिल्लो ताजा रिपोर्ट अनुसार कैलालीमा पनि २ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

योसँगै मृतकको संख्या २२ पुगेको हो ।

गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ४६ बर्षीय पुरुष को मृत्यु भएको छ ।

यस्तै लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको मंगलबार साढे ११ बजेतिर उनको निधन भएको थियो ।

०००

सम्बन्धित समाचार 



प्रकाशित: २०७७ आषाढ ३
June 17th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार