नेपाली समय: ०८:४०:०२ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

काठमाडौं उपत्यकामा भेटिए ६ संक्रमितः कोरोना संक्रमित पुगे ८ हजार नजिक

 

निर्माण सञ्चार, ४ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार ६७१ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । 

योसँगै संक्रमितको कूल संख्या ७ हजार ८४८ पुगेको छ ।

संक्रमित मध्ये २२ जनाको मृत्यु भइसकेको छ भने १ हजार १८६ जना उपचार पछि निको भई घर फर्किसकेका छन् ।

काठमाडौं उपत्यकामा फेरि भेटिए ६ संक्रमित 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पुनः ६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन् ।

सरकारले दिएको जानकारी अनुसार भक्तपुर व्यासी बस्ने २४ वर्षीय पुरुष, टीकाथलीका ५० वर्षे पुरुष  र भक्तपुर नगरपालिका– १६ का २२ वर्षका पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतको भनइ छ ।

त्यसैगरी काठमाडौंको कपन बालुवाखानीका ४५ वर्षका पुरुष र काठमाडौं तीनकुने बस्ने ३४ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा भेटिएका ६ संक्रमितमध्ये ४ जनो उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको छ भने १ एकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालामा भर्ना गरिएको छ ।


०००

सम्बन्धित समाचार 



प्रकाशित: २०७७ आषाढ ४
June 18th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार