नेपाली समय: ०९:३९:३५ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

कोरोना अपडेटः ७४ जिल्लामा फैलियो, कूल संक्रमित ८ हजार ६०५, मृतक २२ जना

निर्माण सञ्चार, ७ असार, काठमाडौं । नेपालमा गएको दिनको थप ३३१ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणबारे जानकारी दिदै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको बताएका हुन् ।

जसमध्ये महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । शनिबार थपिएकामा ४९ महिला र पुरुष दुई २८२ जना रहेको पनि गौतमको भनाइ छ ।

त्यस्तै शुक्रबारदेखि शनिबार साँझ ४ः०० बजेसम्म थप १७६ जना संक्रमित उपचार पछि निको भई घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यो सँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । 

मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । 

त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् । आजका दिनसम्म नेपालमा कोरोना भाइरस ७४ जिल्लामा फैलिएको छ । 


०००

सम्बन्धित समाचार 



प्रकाशित: २०७७ आषाढ ७
June 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार