नेपाली समय: ०८:१६:४७ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

अशक्तका सेवामा समाजसेवी ताराबहादुरः ‘लकडाउनले मुख लक नहोस् मान्छेको’

निर्माण सञ्चार, ७ असार, काठमाडौं । लकडाउनले गर्दा मुलुकको अर्थतन्त्र मात्र थुनिएको छैन, सर्वसाधारण मानिसहरुको मुख पनि अब बन्द हुने अवस्थामा पुगेको सबैलाई अवगतै छ ।

करिब ४ महिना लामो लकडाउनले कोरोना नियन्त्रणमा सरकारले गरेका हरेक पहलहरु छिमेकी नाकाबाट बढ्दो रुपमा भित्रिएका कोरोना संक्रमितका कारण नियन्त्रण हुन नसकिरहेको देखिएको छ । अर्काेतिर कोरोना संक्रमितहरुकै लापरबाही शैलीका कारण नेपालमा प्रतिदिन कोरोना भाइरस संक्रमणले अझै भयावह रुप लिइरहेको छ ।

यसैबीच लकडाउनदेखि नै सर्वसाधारणको चुलोचम्कोमा दाल, चामल र तेल पुराउँदै आएका नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष समाजसेवी ताराबहादुर कुँवर यतिबेला फेरि अपांगता भएकाहरुको चुलोमा पुगेका छन् । 

यस अघि सञ्चारकर्मीहरुको चुलोदेखि मजदुर वर्गका हातहातमा राहत वितरण अभियान चलाएका कुँवरले यो हप्ता शनिबारको राहत वितरण अतिरिक्त क्षमता भएको समुदायमा वितरण गरेका हुन् । 

चक्रपथ सफाई अभियानका अभियान्ताको समेत छवि निर्माण गरेको कुँवरले लकडाउनका कारण समस्यामा परेका अपाङ्ग,अशक्त, तथा किडनी फेल भएका, प्यारालाइसिस भएका ब्यक्तिहरु समेतको खोजी गरेर आफ्नै अफिस ‘हजुरलाई नमस्ते’ ट्रेड लिंक बाफलमा यो राहत वितरण गरे ।

लकडाउनसँगै वितरण सुरु भएको उनको यो राहत कार्यक्रममा २१ बोरा चामल वितरण गरेका थिए । 

यो पटकको अभियानकी सहयात्री बनिन् स्त्रीरोग विशेषज्ञ डाक्टर राधिका कुँवर । उनकी आफ्नै छोरी ।

त्यस्तै, अर्का सहयोगी बनेका थिए । समाजसेवी श्याम खड्गी ।

यस शृंखलाका लागि प्रमुख अतिथि बनेका थिए पूर्वमन्त्री तथा सांसद कृष्ण गोपाल श्रेष्ठ । अतिथिका रुपमा विणा श्रेष्ठ तथा काठमाडौं महानगरपालिका १३ नम्बर वडाका वडाअध्यक्ष ध्रुव नारायण मानन्धर । 

उनीहरुको उपस्थितिमा २२ जनालाई प्रती व्यक्ति १–१ बोराका दरले चामल र १३ जनालाई १०–१० केजीका दरले जम्मा ३४ जनालार्इ चामल हस्तान्तरण गरिएको समाजसेवी कुँवरले जानकारी दिए ।

 

०००



प्रकाशित: २०७७ आषाढ ७
June 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार