नेपाली समय: ०९:११:३६ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

महेश बस्नेतपछिको युवा आन्दोलनको प्रश्नः ‘कहाँ छन् दीपशिखा र रमेश पौडेलहरु ? कतै आन्दोलन कमजोर बनाएको ट्याग त लाग्दैछैन तपाईहरुलाई ?

निर्माण सञ्चार, ७ असार, काठमाडौं । नेपालमा पछिल्ला दिनमा युवा आन्दोलन कमजोर भएको स्पष्ट देखिएको छ । राजनीतिक रुपले सचेत र संगठित समूह कमजोर भएको पछिल्लो उदाहरण बनेको छ हिजो आजको सडक प्रदर्शन । 

प्रदर्शनकारीहरु युवा नै छन्, तर, उनीहरुलाई कसले चलाउँदै छ भन्ने प्रश्नको जवाफ प्रदर्शनकारी युवाहरु नै दिन चाहिरहेका छैनन् । यो गम्भीर कुरा हो कि उनीहरु सडकमा आइरहेका छन् तर के र कसका लागि ?

अनि कसले उनीहरुलाई यसरी संगठित र परिचालित गरिरहेको छ ?

कतै यस्तो प्रदर्शन भोलि व्यवस्था विरुद्ध प्रयोग त हुँदै छैन ? यो प्रश्न आमरुपमा उठेको पनि छ । विशेष गरी राजनीतिक युवा अभियन्ताहरु चिया गफमा पनि यो प्रश्न सोधिरहेका हुन्छन् ।

तर, तिनीहरु गर्न चाहिँ केही नगरी बसेजस्तो अकर्मण्यता देख्दा सत्तारुढ दलनिकट युवा संगठनलाई त मानिसहरुले ‘लाचार भएछ, कि एकताको भारीले थिचिएको हो ?’

भनी व्यङ्ग्य गरिरहेको पाइन्छ भने प्रतिपक्षी नेपाली काँग्रेस निकट तरुण दललाई पनि दोधारमा बाँचिरहेको युवा आन्दोलनका हकमा निदाइरहेको बचेरको संज्ञा दिइरहेको पाइन्छ ।

यसै बीमा युवा आन्दोलन अभियानकै रुपमा आफूलाई उठाइरहेका अजित लामाले आजको युवा आन्दोलनका संस्थागत शक्तिहरुमाथि प्रश्न उठाएका छन् । कुनै बेला महेश बस्नेत नै युवा आन्दोलन र युवा आन्दोलन नै महेश बस्नेतको उचाइ लिएको सत्तारुढ नेकपा निकट युवा संगठन यतिबेला निकम्मा जस्तो देखिएको उनलाई चित्त बुझेको छैन । हेरौं उनको यो लेख—

सन्दर्भ युवा आन्दोलन आज

मुलुकले भूमि फिर्ता सहितका केही ऐतिहासिक र वीरतापूर्ण कदम उठाउँदा आन कहाँ छ नेपालको युवा आन्दोलन ? मलाई देशैभरका युवा साथीहरुले सोध्ने गर्छन् । 

सडकमा पनि अराजक तरिकाको भिडभाड देखिने गरेको र कताकता सरकारले राष्ट्रियताका सवालमा लिएको कदम विरुद्ध लक्षित गरेजस्तो देखिन थालेपछि मानिसहरु यस्तो सोध्नु अन्यथा होइन । 
किनकि मनिषा कोइराला जस्ता स्थापित कलाकार र लेखकहरुले पनि यस्ता खाले प्रदर्शन प्रति यस्तै आशंका गरिरहेका बेला युवा आन्दोलनको चिन्ता बोक्नेहरुले सोध्नु स्वाभाविकै हो । 

तर, म कुनै युवा आन्दोलनको नेतृत्व तहको उच्च कमाण्डर त होइन ।

तैपनि सबैले सोध्न थालेपछि मैले आजको युवा आन्दोलनको आकार, प्रकार र सुताइ देखेर यो प्रश्न गरेको छु । के अब युवा आन्दोलनका नाउँमा संगठित यो ऐतिहासिक संगठन कुनै कुत्सित योजनाको भित्री डिजाइनमा कमजोर त पारिदै छैन ? 

यो प्रश्न विशेष गरी आजको युवा आन्दोलन हाँकिरहेका भनेर खोक्न पछि नपर्ने तर इतिहासको विरासतले खिसिटुउरी गरिरहेका मित्र कमरेडहरुलाई सोध्न चाहन्छु । 

दीपशिखा जो नेकपाको एकता पछि यो आन्दोलनको अगुवा बनेका छन्, रमेश पौडेल जो संयुक्त पाइलटको भूमिकामा बसेर यो आन्दोलनको जेट हाँकेको बताइरहेका छन् । 

आजको ऐतिहासिक क्षण, युवा आन्दोलनको चिर निद्रा

यही विरोधाभाषमा छ आजको युवा आन्दोलन । तर, हिजोका दिनमा मिचिएको भूमिमा झण्डा गाडेको भन्दै त्यो वीरतापूर्ण विरासत भजाइरहेका कतिपय हाम्रा नेताहरुका अगाडि आजको युवा आन्दोलन साँच्चिनै होचो र पुड्को भएको हैन र ?

इतिहासमा जन्मनेहरु धेरै हुन्छन् तर इतिहास जन्माउनेहरु निकै कम हुन्छन् । 

नेपालको सार्वभौमसत्ता सहित भूमि फिर्ता गरेर नेपालको अखण्डता बलियो बनाउने काममा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा नेपालले यतिबेला वास्तवमै स्वर्णिम इतिहासको रचना गरेको छ । 

यस सुअवसरमा प्रधानमन्त्री ओली सहितका नेपालका सबै राजनीतिक दलहरुले देखाएको एकताप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

युवाविद्यार्थी आन्दोलनको पृष्ठभूमिबाट उठेको एक सचेत युवा भएका नाताले बिलाउँदो युवा आन्दोलनप्रति कटाक्ष पनि गर्न चाहन्छु ।

१। आधुनिक नेपालको इतिहास पृथ्वी नारायण शाहबाटै अघि बढेको भनिन्छ । नेपालको भौगोलिक एकताको शंखघोष पनि उनले नै गरेका थिए ।

राजाहरुको नाम लिँदा उनी र उनका कान्छा छोरा बहादुर शाह नेपाल एकीकरणको स्वर्णीम इतिहासका रचयिता हुन् । जसले हामीलाई पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म पुराएका थिए ।

त्यो महान एकीकरण अभियानमा पानीका भरमा लडेका अमर सिंह, भक्ति थापा, बलभद्र कुँवर सहितको त्यो वीर गोरखाली नेपाली महिला केटाकेटीहरुलाई नेपालको माटो हातमा लिएर आजका यो भावुक क्षणमा हृदयदेखि नै स्मरण गर्न चाहन्छु । 

२। आजको दिनमा म र मजस्तै धेरै देशभक्त युवाहरु साँच्चिनै भावुक बनिरहेका छन् । यो भावुक क्षण भोलिको इतिहासको अर्को यस्तो पाइला हो, जसको प्रेरणाले जसरी हामी आज पृथ्वी नारायण शाह, अमर सिंह, भक्ति थापा र बलभद्रहरुलाई स्मरण गर्दै प्रेरणा लिइरहेका छौं, त्यसरी नै प्रधानमन्त्री केपी ओली भोलिका पुस्ताको प्रेरणाको स्रोत समेत बन्नु भएको छ । म उहाँको यो नेपालको मिचिएको भूमि फिर्ता आन्दोलनको उच्च सम्मान व्यक्त गर्न चाहन्छु । 

३। इतिहास हेर्दा के देखिन्छ भने, तत्कालीन प्रधानमन्त्री भीमसेन थापा नेतृत्वमा अमर सिंह, भक्ति थापा, बलभद्रहरुले खाइनखाई नेपालको भूमि रक्षा गरेका थिए । प्रधानमन्त्रीहरुको इतिहास हेर्ने हो भने त्यसपछि जंगबहादुर राणालाई पनि हामीले सम्झनु पर्ने हुन्छ । किनकि, उनले नेपालको गुमेको भूमिमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जस्ता चार जिल्ला फिर्ता गराउन सकेका थिए । जहानीया राणा शासनको सुरु गरेको भएपनि नेपालको अखण्डता निर्माणमा उनी पनि प्रधानमन्त्री केपी ओली जतिकै सम्झन लायक पात्र बनेको कुरा आज त्यति नै सत्य हो ।

४। आज इतिहास त्यसरी नै रचिएको छ, प्रधानमन्त्री केपी ओली हाम्रो युगको युग नायक बन्नु भएको छ भने अमर सिंह, भक्तिथापा, बलभद्रहरुले हिँडेको वीरताको बाटोमा जनताकालाई कबज बनाएर हिँड्ने साहस उहाँले गर्नु भएको छ । किनकि, जंगबहादुर पछि न कुनै राणाहरुले न कुनै शाही राजाहरुले नेपालको भूमि फिर्ता गराउने हिम्मत गर्न सकेका थिए । उल्टो शाही राजाहरुले ३० साल वा त्यसको पछिल्तिर आइपुगेपछि निशाना छाप र चलनचल्तीमै भएको लिम्पियाधुरा, लिपुलेक, कालापानी जस्तो भूमि आफैले दाबी गर्न छाडेर नेपाली जनताहरुलाई गुमराहमा राखेको देखिन्छ । 

म यस अवसरमा नेपालको नक्साको उक्त भूभाग हटाउने भूमिकामा रहेका तत्कालीन नापी विभागका कर्मचारीहरु सहित ककसले यो अपराधपूर्ण काम गरे, के कतिमा बिके, त्यसको खोजीनीति गर्न पनि नेपाल सरकारसँग आग्रह गर्दछु । नेपाली युवाहरु यस आन्दोलनमा लाग्न पनि अपिल गर्दछु ।

५। बहुदलीय व्यवस्था पनि आयो । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि आज संसदमा भएका शीर्ष नेताज्यूहरु सबै प्रधानमन्त्री भएकै थिए । तर, इतिहासमा उहाँहरुले कुनै त्यस्तो हिम्मत गर्नुभो रु जसले नेपालको भूभागमाथि वैधानिक दाबी गर्ने, नेपाली जनतालाई विश्वासमा लिएर राष्ट्रको अखण्डता र सार्वभौमसत्ता बलियो बनाउने कदम चाल्ने काम कसले ग¥्यो त रु अँह कसैले गरेन । घामजतिकै छर्लंग कुरा हो यो ।

६। उल्टो गिरिजा प्रसाद कोइरालाले ४० लाख भारतीयहरुलाई नागरिका बाँड्ने जस्तो कुख्यात राष्ट्रघात गरेका हुन् । जसको परिणाम आजका छुट्टै तराई र मधेसको नारा लाग्ने दिन आयो । भातरको भात खाएर नेपालको भूमि लुटाउन राजनीति गर्नेहरु पार्टी नै खोलेर छद्म भेषमा काम गरिरहेका थिए । 

७। प्रधानमन्त्री ओलीले जब मुलुकलाई राष्ट्रियताको अग्नि परीक्षामा ध्रुवीकरण गरिदिनु भयो, सरिता गिरी, बाबुराम भट्टराई जस्ता व्यक्तिहरुको आफ्नो मुखुण्डो उदांगो हुन पुगेको छ । नेपाली जनताले तिनलाई चिन्ने मौका पनि पायौं । यसका लागि प्रधानमन्त्री ओलीलाई आभार व्यक्त गर्नु म जतिको देशभक्त युवाको कर्तव्य पनि हो ।

८। प्रधानमन्त्रीका रुपमा रहेको गिरिजा प्रसाद कोइरालाले गरेको त्यो अपराधको आजका दिनमा अग्नि परीक्षा हुनु पर्छ कि पर्दैन रु हामी युवाहरु यसको पनि खोजीनीति गरौं र यथार्थ बाहिर ल्याऔं भन्ने म आग्रह गर्न चाहन्छु । 

९। आज वीर गोरखाको त्यो राष्ट्रभक्तिपूर्ण आत्मा फेरि जागृत भएको महसुस भइरहेको छ । मुलुक यति ठूलो महायज्ञमा जुटिरहँदा सडकमा भने एकखाले अराजकहरुले मुलुककै नाउँमा प्रधानमन्त्री विरुद्ध कथित आन्दोलन गरेको पनि देखियो । 

भारतको भात खाएर, विदेशी इसारामा यसरी संगठित अपराध गर्ने हिम्मत कसरी आयो त्यो विवेकशील भनिने पार्टीमा रु मोदी हिन्दुवादीहरु आज कहाँ छन् रु यो अराजकता हुर्किनुको पछाडीको कारण खोज्ने हो भने मुलुकका वैधानिक युवाहरु आन्दोलनको पतन भएको यसले पुष्टि गर्दैन र ?

१०। आज युवा संघ नेपाल, तरुण दल भन्नेहरु कहाँ छन् रु कि तिनै सडकमा उभिनेहरुको लाइनमा उभिएका त हैनन् रु हैन भने, युवा संघलाई हिजोको विरासतबाट ‘डिरेल’ गर्ने आजको नेतृत्वले तुरुन्त राजिनामा दिएर भाग्न म चुनौती दिन चाहन्छु । 

११। युवा आन्दोलन कमजोर नभएको भए, हिजोका दिनमा महेश बस्नेतकै झैं आर्कषणको केन्द्र बनिरहेको थियो भने आज नेपाली युवाहरु यसरी विदेशी इसारामा भएका प्रदर्शनको नाटकमा सहभागी हुने थिए ?

दीपशिखाहरु, तपाईहरुलाई लाज लाग्नु पर्ने हैन रु नेपाली युवाहरु यसरी पहिरोमा परेर मुलुकको युवा आन्दोलनमा यत्रो क्षति हुँदा पनि तपाईहरुको आँखा किन खुल्दैन ? कि एकताको नाउँमा नेपालको मूल कम्युनिस्ट आन्दोलन ध्वस्त गर्ने महाविपत्तिको बाटोमै तपाईहरु हिँडिरहनु भएको त हैन ?

आज नेपाली आम युवाहरुमा, युवा आन्दोलनमा तपाईहरुको भूमिका प्रति आशंका गर्ने दिन किन आयो ? 
यसको समीक्षा होस्, आउनुहोस्, यस्ता मुखौटाहरुलाई छाडेर वीर गोरखालीहरुको राष्ट्रभक्तिपूर्ण आन्दोलनलाई फेरि एकपटक संगठित गरौं ।

मुलुकका गुमेको जमिन फिर्ता गराउन पेचिलो बन्ने भोलिका दिनमा प्रधानमन्त्री सहित नेपालको एकढिक्का राजनीतिक दलहरुलाई अझै बल दिऔं । 

किनकि, आजका हामी युवाहरु जस्तै हिजोका भक्तिथापा र अमर सिहंहरु थिए । आज हामी त्यही बाटोमा हिँडौं ।

नेपाली सार्वभौम अखण्डता जिन्दावाद ! भतुवा कथित आन्दोलनकारी मुर्दावाद ! जय नेपाल जय नेपाली राष्ट्रिय एकता !

प्रधानमन्त्री ओली, अझै अघि बढ, माटो बचाउन ज्यान दिन तयार छौं !

 

अजित लामा
अजित लामा
नेपाल आमाको साहसिक छोरा


०००



प्रकाशित: २०७७ आषाढ ७
June 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार