नेपाली समय: ०२:२३:४१ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

काठमाडौंमा भेटिए कोरोनाका ३० नयाँ संक्रमितः कूल संक्रमित १६ हजार नजिक

निर्माण सञ्चार, २१ असार ०७७, काठमाडौं

गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै आइतबार ३० जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राजधानीका तिनै उपत्याका मध्ये २७ जना काठमाडौंका रहेका छन् भने ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना संक्रमित फेला परेका थिए ।

योसहित मुलुकभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

यही २४ घण्टाभित्र १ सय ३२ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म कोरोना जित्नेहरुमा ६ हजार ५ सय ४७ जना रहेका छन् । 

यस २४ घण्टामा मुलुकभर २५ वटा प्रयोगशालाबाट कोरोना संक्रमण परीक्षण गरिएकोमा चार हजार ७ सय १० जनाको पिसिआर परीक्षण भएको छ। 

हालसम्म साढे २ लाख बढीको पिसिआर विधिबाट कोरोना संक्रमण परीक्षण मन्त्रालयको भनाइ छ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३४ जनाको मृत्यु भइसकेको छ । 


०००

पढौं यो पनि

 

 

 

 



प्रकाशित: २०७७ आषाढ २१
July 5th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार