नेपाली समय: ०२:५२:३५ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, खतराको संकेत

निर्माण सञ्चार, २६ असार, काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको अविरल वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च रहेको हो ।


कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।

 

 

०००



प्रकाशित: २०७७ आषाढ २६
July 10th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार