नेपाली समय: ०३:४१:३६ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, ३० बेपत्ता

निर्माण सञ्चार, २६ असार,काठमाडौँ । लगातार परेको अविरल बर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा २ जनाको ज्यान गएको छ भने  करीब ३० जना बेपत्ता भएका छन् जना बेपत्ता भएका छन् । 

पाँच  घर पहिरोले बगाएको छ । धवलागिरी गाउँपालिका(६ मराङको रिखामा ६ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका छ जना वेपत्ता भएको मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । धनबहादुर घाइते भएको वडा सदस्य लोकबहादुर पुनले जानकारी दिए ।भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासी समेत रहेका वडा सदस्य पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । 

 मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले सोमनाथ पौडेलको घर बगाउँदा दुई जनाको ज्यान गएको छ । वेपत्ता भएका दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पुर्‍याएको छ । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । उतm पहिरोमा वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको  हो । परिवारका सदस्यले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा १ जना घाइते भएका छन् ।

बेपत्ता भएकाको उद्धारका लागि प्रहरीको दुई टोली घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मौसम खुलेमा हेलिकोप्टर मार्फत उद्धारको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जनाए ।  अधिकारी ज्ञाननाथका अनुसार अझै केही दिन अविरल बर्षा हुने पूर्वानुमान गरिएसँगै म्याग्दीमा विपतमा परेकाको उद्धारको लागि टोली तयारी अवस्थामा रहेको बताए । 

त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्ले र बेनपा(९ घतान जोड्ने पुल रघुगंगा नदीले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जोड्ने यातायात सम्पर्क बन्द भएको छ ।

बेलिब्रिज नजिकै रहेको झोलुङ्गे पुल समेत बगाउने अबस्थामा पुगेको छ । पुल नजिकै रहेका २० घर परिवारलाई रघुगंगा गाउँपालिकाले राहतको व्यवस्था गर्ने बताएको छ । अविरल बर्षाले म्याग्दीका विभिन्न ग्रामिण सडक समेत अवरुद्ध भएका छन् ।  दजनौँ बस्ती जोखिममा परेका छन् ।

 

 

०००



प्रकाशित: २०७७ आषाढ २६
July 10th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार