नेपाली समय: ०३:३०:२६ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

प्यूठानमा ट्याक्टर दुर्घटना हुदाँ सात मजदुरको घटनास्थलमै मृत्यु

निर्माण सञ्चार, ४ साउन,काठमाडौँ ।  प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको ट्याक्टर वडा नम्बर तीनस्थित रुमालेमा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुने सबै रोल्पाका भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार ६ जना रुन्टीगढी गाउँपालिका र १ जना त्रिवेणी गाउँपालिका रोल्पाका हुन्। 

मृत्यु हुनेमा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय विरेन्द्र वाठा मगर, १९ वर्षीय थमन वाठा मगर, गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेका छन्। 

 ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। दुर्घटनास्थल स्वर्गद्धारीको रुमालेमा यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको छ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना स्थानीयबासीले उद्दार गरेका छन्। मृत्युहुनेहरु पक्की हुँदै गरेको भिंगृ स्वर्गद्धारी सडक निर्माणमा आवद्ध मजदुरहरु  रहेका छन् ।  


०००


 



प्रकाशित: २०७७ साउन ४
July 19th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार