नेपाली समय: ११:४३:१५ राती
वि.सं २०७७ आश्विन १४   बुधवार

बुधबार थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि

निर्माण सञ्चार, १४ साउन,काठमाडौँ । बुधबार देशभर कोरोनाका २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।

यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार २१ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको छ।


हाल देशभर ५ हजार २ सय ३ सक्रिय संक्रमित छन्। त्यस्तै ४९ जनाले कोरोनापछि ज्यान गुमाएका छन्।

 

मंगलबार थप ३११ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १९ हजार नाघ्यो

०००



प्रकाशित: २०७७ साउन १४
July 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार