नेपाली समय: ०३:५०:०० बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

सागमा पहिलो स्वर्ण विजेता मण्डेकाजीलाई समाजसेवी युवाले गरे सम्मान

निर्माण सञ्चार, १५ साउन ०७७, काठमाडौं । हिजोको युवा संघ, नेपाल अर्थात् आजको राष्ट्रिय युवा संघ, नेपालका नेता रमेश आचार्य यौटा त्यस्तो नाम हो, जो अविरल सांगठानिक र सामाजिक सेवामा लागिरहन्छ । यही सामाजिक सेवाको अर्काे इँटाका रुपमा १३औं सागमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका मण्डेकाजी श्रेष्ठलाई आचार्य सहित समाजसेवी युवाहरुले सम्मान गरेका छन् ।

यसर्थमा पनि नेता आचार्यको नाउँमा यति शब्द खर्चदा अन्यथा हुँदैन– भूकम्प, बाढी, पहिरो पीडितको सेवामा देश दौडाह गर्ने कुरा होस्, या युवा प्रतिभा प्रोत्साहन गर्दै राष्ट्रिय प्रतिभाको सम्मानमा जुट्ने कुरा होस्, आचार्यको लगाव युवा संघका केही नाम लिन लायक नेताहरु मध्येमा पर्दछ । 

काममा निरन्तरता, कुरा भन्दा परिणाममै विश्वास गर्ने र आफ्ना धारणा वा विचार राख्दा दोस्रो पक्षलाई राजनीतिक ढंगले ‘कन्भिन्स’ गर्ने विशिष्ट शैलीका कारण उनी ‘सिनियर’ बाट प्रशंसा पाउँछन् भने समकक्षीहरुबाट प्रतिष्पर्धात्मक पात्रका रुपमा लिइन्छन् । 

कारण, यी सबै कुरामा आचार्य अब्बल क्षमता राख्ने युवा नेताका रुपमा चिनिन्छन् । त्यसै भएर उनलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको त्यतिबेलाको स्वकीय सहयोगीहरु मध्ये पनि उत्कृष्ट गणना गरिन्छ । आचार्य त्यतिबेला ओलीका सहयोगी बने, जतिबेला ओली आफ्नो मोर्चामा धमाधम एकपछि अर्काे चुनौती पार लगाउँदै पार्टी अध्यक्ष, संसदीय दलको नेता, संविधान सभाबाट संविधान जारी गर्दै ‘पोस्ट कोलोनियल इन्डिया’ को फरक ‘इन्ट्रेस्ट’का बाबजुद प्रधानमन्त्री बन्न सफल भएका थिए । 

आर्थत् ओलीको त्यतिबेलाको स्वकीयका रुपमा आचार्यको भूमिका आज पनि ‘काउन्टेबल’ छ ।

...

नेता आचार्य सहित समाजसेवी युवाहरुको अगुवाइमा १३औं साग खेलकुदमा नेपालको तर्फबाट पहिलो स्वर्ण पदक विजेता राष्ट्रिय खेलाडी श्रेष्ठ सम्मानित भएका हुन् । मण्डेकाजीले नेपाललाई दुई स्वर्ण पदक समेत दिलाएका थिए ।

मण्डेकाजी, आफैंमा ‘टाइटल नेम’ जस्तो लाग्छ । उनी सितोरियो कराँतेका उत्कृष्ट खेलाडी हुन् । श्रेष्ठलाई संघका नेता आचार्य प्रमुख अतिथि रहेको एक विशेष अनौपचारिक कार्यक्रममा सम्मान गरिएको हो । 

धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाको समन्वय र कराँते खेलका पूर्व राष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा मण्डेकाजीलाई ५ लाख रुपियाँको चेक हस्तान्तरण गरिएको छ ।

उक्त हस्तान्तरण ललितपुर स्थित होटल भिभान्तामा आयोजित अनौपचारिक कार्यक्रम (कोरोनाका कारण) मा हस्तान्तरण सहित सम्मान गरिएको युवा संघ धादिङले जानकारी दियो ।

कार्यक्रममा गजुरियो कराँतेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष समेत रहेका रमेश अधिकारी, नारायणी स्टीलका सिइओ  रोशिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोल लगायत स्थानीय खेलाडीहरुको सहभागिता थियो ।

०००



प्रकाशित: २०७७ साउन १५
July 30th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार