नेपाली समय: ०३:२८:५२ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

कालीकाेटमा वर्षाले घर भत्किँदा दुई बालबालिकाको मृत्यु, ४ जना घाइते

निर्माण सञ्चार, १५ साउन,काठमाडौँ । अविरल वर्षाका कारण घर भत्किँदा बुधबार बेलुकी महाबै–७ गेला कोटवाडामा दुई बालबालिकाको मृत्यु भएको छ । 

वर्षाले घर भत्किँदा घरमा खेलिरहेका स्थानीय सूर्ज महताराका १० वर्षीय छोरा गणेश र टेक भण्डारीका ५ वर्षीया छोरी भावनाको घटनास्थलमै मृत्यु भएको छ । आफन्तले मृतकको शव निकालेर बुधबारै अन्तिम संस्कार गरेका छन् ।

घर भत्किँदा घाइते भएका बालबालिकाहरु सुकी महतारा, मन्जु महतारा, संगीता भण्डारी र हिक्मत महताराको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए । घाइते बालबालिकाको अवस्था सामान्य रहेको जिल्ला अस्पतालले बताएको छ ।

मृतक र घाइते बालबालिकाका लागि नेकपा महाबै गाउँ कमिटीको पहलमा ५० हजार नगद राहत उपलब्ध गराइएको नेकपा नेता चित्रसिंह गाउँलेले जनाए ।

कालीकोटमा हालसम्म पहिरोले मर्नेको संख्या हालसम्म १२ पुगेको छ भने ७ जना बेपत्ता रहेकाछन् ।

 


०००



प्रकाशित: २०७७ साउन १५
July 30th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार