नेपाली समय: ०३:००:१८ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

निर्माण सञ्चार, १५ साउन,काठमाडौँ । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।

 

 

०००



प्रकाशित: २०७७ साउन १५
July 30th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार