नेपाली समय: ०४:११:२२ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

अवरुद्ध नारायणगढ- मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आयो

निर्माण सञ्चार, १६ साउन,काठमाडौँ। नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा आज बिहान १ः४० बजे पहिरो खसेको थियो।

सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको बताएको छ।

लगातारको भारी वर्षाका कारण  पहिरो जाँदा सो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ।

बिहीबार मात्र चितवनको कुरिनटारमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो।

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी चल्न थालेका छन्।

 

 

०००



प्रकाशित: २०७७ साउन १६
July 31st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार