नेपाली समय: ०३:१४:२८ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

प्रहरी हेडक्वार्टरमा कार्यरत थप २८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७२ पुग्यो

निर्माण सञ्चार,१६ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । 

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि देखिएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । 

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।


०००



प्रकाशित: २०७७ साउन १६
July 31st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार