नेपाली समय: ०३:०१:५७ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

पर्सामा स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मीसहित थप ४१ जनामा कारोना संक्रमण पुष्टि

निर्माण सञ्चार, १६ साउन,काठमाडौँ । पर्सामा स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मीसहित थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार राती पर्साका थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

मेसु डाक्टर मदन उपाध्यायका अनुसार, बिहीबार राती संक्रमण पुष्टि भएका पर्साका ४१ जनामध्ये नारायणी अस्पतालका २ जना चिकित्सक, २ जना स्टाफ नर्स र १ जना सफाइकर्मी तथा नेशनल मेडिकल कलेजका १ जना चिकित्सक हुन् ।

पर्साको धोबीनी गाउँपालिका २ जना, पोखरीया नगरपालिकाका १ जना र बहुदरमाइ नगरपालिका १ जनामा पनि संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए । बाँकी अरु सबै कन्टयाक्ट ट्रेसिङमा परेका र स्वचेच्छाले पैसा तिरेर पीसीआर परीक्षण गराएका वीरगन्जका उद्योगी , व्यापारी र सर्वसाधरण नागरिक रहेको मेसु उपाध्यायले जनाए । 

बिहीबार राती ४१ जना संक्रमित थपिएसँगै पर्सामा कुल संक्रमितको संख्या ३ सय ९७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यसअघि बुधबार पनि पर्सामै एकै दिन ८४ जनामा संक्रमण पुष्टि भएको थियो । 

 

 

०००



प्रकाशित: २०७७ साउन १६
July 31st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार