नेपाली समय: ०३:३१:४६ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

पाटन अस्पतालको आइसियूमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

निर्माण सञ्चार, १६ साउन,काठमाडौँ । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ती महिला साउन ६ गते भर्ना भएकी थिइन् । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ः १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले जानकारी दिए ।

ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । तर हालसालै वीरगञ्जबाट आएकी थिइन् । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो ।

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको थियो ।

बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।


०००



प्रकाशित: २०७७ साउन १६
July 31st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार