नेपाली समय: ०१:०६:४१ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

जुम्ला, डोल्पा र जाजरकोट जोड्ने पुल ९ वर्षपछि सम्पन्न

निर्माण सञ्चार, २० साउन, जुम्ला । 

जुम्ला, डोल्पा र जाजरकोट जोड्ने दानसाँघु पक्की पुलको निर्माण कार्य ९ वर्षपछि सम्पन्न भएको छ ।

तिला जवा नदीको दानसाँघु दोभानमा  २०६८ साल  असार १५ गते देखि निर्माण कार्य थालनी भएको थियो । भने, ६० मिटर लम्बाइको उक्त पक्की पुल २०७१ असार मसान्तसम्म ४ वर्षभित्र निमार्ण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । तर विभिन्न प्राविधिक समस्याका कारण ५ वर्ष ढिला भएर २०७७ असारमसान्तमा निर्माण कार्य सम्पन्न गरिएको हो । 

२०७२ सालमा तत्कालीन प्रमुख इन्जिनियर हरिप्रसाद शर्मा बहाल हुँदा ५० प्रतिशत काम भईसकेको पुलको डिजाइन फेल भयो । जसका कारण निर्माण कार्यमा अवरोध आएको थियो ।

एसबिए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुलती काठमाडांैका प्रोपाइटर तारासिंह कठायतका अनुसार प्राविधिक कमजोरीका कारण पहिलो डिजाईन फेल भएपनि पुन स्टमेट गर्दा करोडौ खर्च भयो ।

पुलको बायाँतिरको पिलरको डिजाइन फेल भएको थियो । यद्यपि भू–गर्भ विभागद्वारा माटो परीक्षण गरी काम गर्नुपर्ने भएकाले केही समय लम्बिएको प्रोपाइटर कठायतले बताए । 

तत्कालिन जिल्ला प्राविधिक कार्यालय जुम्लाले निर्माण कार्यथालनी गरेको पुलको डिजाइन फेल भएपछि पुनः डिजाइन गरी काम सुरु गर्दा समय अवधि लम्बीएको कठायतको भनाई छ ।

जुम्ला, डोल्पा र जाजरकोटलाई यातायात संग जोड्नका लागि निर्धारित समयमै पूल निर्माणको लक्ष्य राखिएपनि विभिन्न कारणले सम्झौता अनुसार काम गर्न नसकिएको स्वीकार गरे ।  

मन्त्रालयले करोडौँको आयोजनाका लागि न्यून बजेट विनियोजन गरेकाले निर्माण कार्य ढिलाइ भएको भन्ने पनि नागरिककको बुझाई रहेको छ । स्थानीय सडक तथा पुल कार्यक्रमबाट सञ्चालित आयोजनाको करिब चार करोड पुलको लागत हो ।

तर भगवती पृथ्वी जेभिका प्रोपाइटर कठायतले ठेक्का प्रणालीअनुसार दुई करोड ८८ लाख ३० हजार सात सय ७६ रुपैयाँ ६२ पैसामा ठेक्का लिएका थिए ।  

तर खर्च ठेक्काको भन्दा दोब्बर भइसकेको छ । 

जुम्लाको पुर्वमा स्थित गोठीचौर गाउँपालिकामा पर्ने देपालगाउँ, गज्यांकोट, गोठीचौर पाटनसहित डोल्पा र जाजरकोटका स्थानीयलाई पक्की पुल निर्माण भएसंगै यातायतका लागि सहज हुने भएको छ । 

बिरामी अस्पताल र्पुयाउनदेखि उत्पादित वस्तु स्याउ अन्नबाली तरकारी फलफूल सदरमुकामको बजार र बाहिर जिल्लाका बजारमा पु¥याउनका लागि पनि पुलले सहज हुने भएको स्थानीय केशब धितालले बताए ।

उनका अनुसार पुल नबन्दा स्थानीयले नदीमै टयाक्टरबाट सामान ढुवानी गर्थे भने, अन्य नागरिक यातायातको पहुँचमै थिएनन् । तर अहिले गाउँमा अटो सम्म सजिलै जाने भएका छन् ।

पुल निर्माण भएपनि जुम्लाबासी खुसी भएका छन् । 


०००
 



प्रकाशित: २०७७ साउन २०
August 4th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्