नेपाली समय: ०३:०१:४२ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चालकसहित २२ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

निर्माण सञ्चार,२२ साउन, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक जना चालकसहित २२ प्रहरीलाई  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले कर्मचरीलाई कोरोना भाइरसको परीक्षण गराएरमात्रै कार्यालय आउन निर्देशन दिएको छ।


२२ जनालाई कोरोना संक्रमण देखिएपछि आयोगले कर्मचारीलाई परीक्षण गराएरमात्र कार्यालय आउन निर्देशन दिएको हो।


अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले झण्डै तीन सय कर्मचारीको कोरोना परीक्षण गर्न बाँकी रहेको जानकारी दिए ।


प्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म अख्तियारमा खटिएका एक सय ८२ जनाको परीक्षण भएको छ। अन्य कर्मचारीहरूको परीक्षण गर्ने तयारी भइरहेको छ।

अख्तियारका आयुक्तहरूको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

०००

 

 



प्रकाशित: २०७७ साउन २२
August 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार