नेपाली समय: १२:१८:३४ am
वि.सं २०७७ आश्विन १५   बिहीवार

प्रहरी हेडक्वार्टरमा कार्यरत थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८५ पुग्यो

निर्माण सञ्चार,२२ साउन, काठमाडौं ।  प्रहरी प्रधान कार्यालय नक्सालका थप १० जनालाई कोरोना भारइस संक्रमण पुष्टि भएको छ।

प्रहरी महानिरिक्षकको सचिवालयका एसएसपी कुवेर कडायतका अनुसार नयाँ थपिएका संक्रमितहरूको पनि कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।  

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले थप १० जनामा संक्रमण पोजेटिभ देखिएको जानकारी दिए।

योसँगै प्रहरी प्रधान कार्यालयमा मात्र कोरोना संक्रमितको संख्या ८५ पुगेको छ।


उनीहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कडायतले जानकारी दिए ।

मुख्यालयमा सुरूमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। पछि उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा संख्या बढ्दै गएको छ।

देशभर कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या भने २ सय पुगेको छ। जसमा १ सय १९ जना निको भएका छन्।


०००



प्रकाशित: २०७७ साउन २२
August 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार