नेपाली समय: ०२:३४:१९ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

संघीय संसदका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण पुष्टि

निर्माण सञ्चार,२२ साउन, काठमाडौं ।  संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

यादवलाई कोरोना पोजेटिभ देखिएपछि उक्त टोलीमा रहेका सबै सेल्फ आइसोलेसनमा बसेका थिए।


टोलीमा रहेका अन्य सांसदहरुको पनि परीक्षण भएको थियो, सचिवालयका एक अधिकारीले भने, प्रवक्ता पाण्डेको मात्र कोरोना पोजेटिभ देखिएको हो।

पाण्डेले आफ्नो रिर्पोट पोजेटिभ आएको जानकारी दिए ।

 

०००



प्रकाशित: २०७७ साउन २२
August 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार