नेपाली समय: ०१:१०:४७ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

मोटोपन भएकालाई कोरोना भाईरसविरुद्धको खोपले पनि बचाउन नसक्ने वैज्ञानिक निष्कर्ष, यस्तो छ कारण

निर्माण सञ्चार,२२ साउन, काठमाडौं । पछिल्लो समय फैलिएको कोरोना भाईरसका कारण विश्व अपांगसरह भएको छ । तर, यसको मुक्ति भने एक खोपमा टिकेको छ । हाल अमेरिकामा मात्रै ४६ लाख बढी संक्रमित हुँदा १ लाख ५५ हजार बढीको मृत्यु भईसकेको छ । कोरोना संक्रमणमा मोटोपनले धेरैभन्दा धेरै असर पारेको वैज्ञानिकले निष्कर्ष निकालेका छन् । 

वैज्ञानिकहरुले खोपले ईन्फ्लुएन्जा, हेपाटाईटीस बी, टिटानस र रेबिजविरुद्ध राम्रो असर पार्ने तर, मोटोपन भएका मानिसलाई भने खोपले असर नपार्ने बताएका छन् । अन्य मानिसको तुलनामा जुनसुकै खोपले मोटोपन भएका मानिसलाई कम असर पार्छ । यस्तै वैज्ञानिकहरुले कोरोना भाईरसको भ्याक्सिनले समेत मोटा मानिसलाई कम असर पार्ने बताएका छन् । 

वैज्ञानिकहरु आगामी बर्षसम्ममा मोटोपन भएका मानिसहरुलाई पनि असर पार्ने हिसावले खोप निर्माण गर्न सकिन्छ कि भनेर खोज गरिरहेका छन् । अमेरिकामा हाल १ करोड ७० लाख बढी बयस्कहरु मोटोपनको शिकार भएका छन् । यदि उनीहरुका लागि प्रतिरक्षा गर्न सकिने खोप तयार पार्न सकियो भने उनीहरुको परिवारका लागि रेखदेख गर्न सकिने क्षमता विकास हुने थियो । 

अमेरिकाका केही प्रान्त र शहरहरुमा कोरोना भाईरसका बिरामीहरुलाई उनिहरुको शरिरको तौलअनुसार अर्थात मोटोपन अनुसार वर्गीकरण गरिएको छ । ४० किलोभन्दा कम, बढी, १ सय किलोसम्मका बिरामीहरुलाई छुट्टाछ्ट्टै गरी वर्गीकरण गरिएको छ । तर १ सय पाउन्डभन्दा बढी तौल भएका बिरामीहरुलाई भने धेरै खतरायुक्त बिरामी मानिएको छ । 

अमेरिकामा यस्ता बिरामीको संख्या ९ प्रतिशत रहेको छ । पछिल्लो समय संक्रमित थपिँदै जाँदा अमेरिकी सरकारले समेत मोटोपन बढी भएका बिरामीहरुलाई उच्च सतर्क रहन निर्देशनसमेत दिएको छ । यस्तो समस्या भने अमेरिकाका ४२ प्रतिशत बढीमा रहेको पाईएको छ । मोटोपनले क्यान्सर, मुटुसम्बन्धी रोगलगायत निम्त्याउँछ भन्ने त सर्वविदितै छ ।

 यस्तै हालै गरिएको एक अध्ययनअनुसार वैज्ञानिकहरुले मोटोपनले मानव शरीरको प्रतिरक्षा प्रणालीमा समेत ह्रास ल्याउने पत्ता लगाएका छन् । मोटोपन भएका मानिसहरु कोराना भाईरसलगायतका अन्य रोगहरुबाट पनि कम तौल भएका मानिसको तुलनामा बढी ग्रसित हुने देखिएको छ । 

स्वस्थ प्रतिरक्षा प्रणालीले सेता रक्तकोषलाई सक्रिय तुल्याई बाहिरी भाईरसबाट पर्याप्त प्रतिरक्षा गर्दछ । र खोपले पनि सजिलै सकारात्मक असर पार्दछ । तर अध्ययनले मोटोपन भएका मानिस, उच्च रक्तचाप भएका मानिसहरुमा प्रतिरक्षा प्रणाली न्यू हुने र खोपले कम असर गर्ने बताएका हुन्

 

 


स्रोतः बिजखबर बाट
०००



प्रकाशित: २०७७ साउन २२
August 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार