नेपाली समय: ०२:०५:५५ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

जुम्लाको कोटघर स्वास्थ्यचौकी शिल

निर्माण सञ्चार,२२ साउन, काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ पाण्डव गुफा स्थित कोटघर स्वास्थ्य चौकीलाई शिल गरिएको छ । कनकासुन्दरी गाउँपालिका ३ की एक महिलालाई कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य चौकी शिल गरिएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्यचौकी संगै आसपासका क्षेत्रलाई अनिश्चित रुपमा शिल गरिएको स्वास्थ्यचौकी प्रमुख पद्मा रावतले जानकारी दिए । संक्रमित महिला पिसिआर जाँच गर्नु पहिलो स्वास्थ्य चौकीमा उपचारका लागि आएका कारण अहिले कोरोना पोजेटिभ हुँदा स्वास्थ्यचौकी शिल गरिएको छ । 

उनका अनुसार स्वास्थ्य चौकी तथा आपसापका क्षेत्रमा सिल संगै अनिश्चित कालका लागि सबै आकस्मिक सेवाहरु पनि बन्द गरिएको हो ।  सरकारले साउन ६ गते लकडाउन अन्त्य गरे संगै पुर्वसर्तकता नअपनाएकै कारण कोरोना मुक्त भईसकेको जुम्लामा पुन कोरोना पोजेटिभ देखिएको हो । 

कोरोना मुक्त जिल्ला घोषणा पछि अबस्था सामान्य भईसकेको जुम्लामा पुन त्रास छाएको छ ।   संक्रमित महिला स्वास्थ्य चौकी गाउँमा समेत गएका कारण आसपासका क्षेत्रमा समेत कोरोना फैलिन सक्ने भन्दै कोटघर स्वास्थ्य चौकी क्षेत्रलाईनै शिल गरिएको छ । प्रशासनले हाल अत्यआबश्यक काम बाहेक बाहिर ननिस्कीन समेत अनुरोध गरेको छ ।   


०००



प्रकाशित: २०७७ साउन २२
August 6th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्