नेपाली समय: ११:४५:५५ राती
वि.सं २०७७ आश्विन १४   बुधवार

कोरोना अपडेटः काठमाडौं उपत्यकामा थपिए ८७ जना कोरोना भाइरस संक्रमित

निर्माण सञ्चार,२२ साउन,काठमाडौँ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि भयानक रुपमै रहिरहेकै अवस्था छ । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

तर, बिहिबार काठमाडौं उपत्यकामा  ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यो डाटा विगत भन्दा क्रमशः बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६५ पुगेको छ। 


०००
 

 

 

 

बुधबार थप ३८१ जनामा कोरोना संक्रमणको पुष्टि



प्रकाशित: २०७७ साउन २२
August 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार