नेपाली समय: ०१:००:०९ बिहान
वि.सं २०७७ आश्विन १५   बिहीवार

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

निर्माण सञ्चार, २३ साउन,काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमित  पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। 

उनको उपचारको क्रममा  बिहीबार राति मृत्यु भएको निर्देशक डाक्टर शर्माले  बताए ।  डा शर्माका अनुसार कोरोना संक्रमित ती पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रेफर गरिएको थियो । 

उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय कोरोना  संक्रमित पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।


०००
 



प्रकाशित: २०७७ साउन २३
August 7th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार