नेपाली समय: ०१:३५:५८ बिहान
वि.सं २०७७ आश्विन १५   बिहीवार

शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

निर्माण सञ्चार,२३ साउन,काठमाडौँ ।  शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा  थप ४६४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।


त्यस्तै विगत २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यसरी हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ।

त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको छ।


विगत २४ घण्टामा ६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ। 


०००



प्रकाशित: २०७७ साउन २३
August 7th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार