नेपाली समय: ०१:५३:४३ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

काठमाडौं उपत्यका कोरोनाको ‘डेन्जरजोन’, एकै दिन थपिए १२७ संक्रमित, देशैभर ५२५

निर्माण सञ्चार, २० साउन, काठमाडौं । राजधानी काठमाडौं सहितका तीन महानगर (उपत्यका) यतिबेला तीव्र कोरोना भाइरस संक्रमणको जोखिम बेहोरिरहेको छ । बिहीबार मात्रै देशैभर ५२५ नयाँ संक्रमित थपिदा यो उपत्यकामा मात्रै १२७ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो भने कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । 

काठमाडौं उपत्यकाभित्र काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना नयाँ संक्रमित पुष्टि भएका हुन् ।

यस २४ घण्टामा कोरोना उपचारपछि निको भई घर फर्कनेको संख्या १०९ रहेको छ भने मुलुकभर कोरोनाबाट मर्नेको संख्या ९५ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ को मृत्यु भएको पुष्टि गरेका हुन् ।   


पछिल्लो अपडेट अनुसार उपचार पछि घर फर्कनेमध्ये बिहीबारको  १०९ सहित हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेका छन् । 

हाल देशभर ८ हजार २५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् ।  

 

०००



प्रकाशित: २०७७ साउन २९
August 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार