‘परिषद्को जिम्मेवारी लिएको ४ वर्षमा शून्यबाट उठेर ४०४ उद्यमीमाथि २० करोड २० लाख लगानीको नेतृत्व गरेको कुरा सिन्को नभाँचेको हो ?’
निर्माण सञ्चार, ११ भदौ, काठमाडौं । राष्ट्रिय युवा परिषद्मा पछिल्लो नियुक्तिलाई लिएर भ्रामक समाचार सम्प्रेषण गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले त्यसको खण्डन गरेका छन् ।
आफ्नो हस्ताक्षर सहित औपचारिक रुपले खण्डन गरिएको विज्ञप्तिमा उपाध्यक्ष ढुंगेलले आफू र युवाहरुको आस्थाको केन्द्र बन्न सफल भएको युवा परिषद्माथि ‘भ्रामक’ समाचार सम्प्रेषण गरेकोमा आफू ‘दुखित’ समेत भएको उनको भनाइ छ ।
विज्ञप्तिमा कार्यकारी उपाध्यक्ष ढुंगेलले भनेका छन्, ‘मिति २०७७ भदौ ९ गतेको कान्तिपुर टेलिभिजनको समाचारमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षको पुनःनियुक्ति र सो सम्बन्धमा व्यक्त समाचारका बारेमा यस परिषदको गम्भीर धन्यानाकर्षण भएको छ ।’
उक्त समाचार संस्थाले समाचार प्रेषण गर्दा ‘राष्ट्रिय युवा परिषदमा रहेर सिन्को पनि नभाँचेका माधव ढुङ्गेललाई पुनः उपाध्यक्ष नियुक्ति गरिएको छ’ भनी समाचार सम्प्रेषण गरेको थियो ।
सोही समाचारको खण्डन गर्दै उपाध्यक्ष ढुंगेलले ‘समाचार पूर्णतः असत्य, कपोलकल्पित, दुराग्रहपूर्ण र भ्रामक भएको’ टिप्पणी गरेका छन् ।
कार्यकारी उपाध्यक्ष ढुंगेलले परिषद् स्थापना पछि ०७२ फागुन १९ गतेबाट नेपाल सरकारले दिएको जिम्मेवारी सम्हालेका थिए ।
नेपालमा युवा सम्बन्धी एउटै छाता संस्थाको अभाव भएको भन्दै लामो समयदेखि युवा आन्दोलनले राखेको माग बमोजिम गठन भएको थियो राष्ट्रिय युवा परिषद् । नेपाली युवाहरुका क्रसकटिङ मुद्दाहरु बेवास्ता गरी युवा भनेकै खेलकुद र राखेप भन्ने मात्रै बुझिएको विगतलाई चिर्दै गठनपछिका ४ वर्षमा युवा परिषद्ले ‘युवाको अभिभावकीय निकाय भनेको युवा परिषद् पनि हो’ भन्ने छाप छाड्न सफल भएको बताउँछन् उद्यमी युवा सञ्जालका अध्यक्ष समेत रहेका लोचन बस्नेत ।
बस्नेत परिषद्बाट सिर्जनशीलय युवा उद्यमीका रुपमा समेत सम्मानित युवा उद्यमी हुन् । उनी र उनी जस्तै दर्जनौं युवा उद्यमीहरु परिषद् गठन पछि नै युवा उद्यमीका रुपमा सम्मानित हुन थालेको उनको भनाइ छ ।
‘जहाँ युवाहरुले उद्यमशील हुन्छु भन्दा कार्यक्रम प्रोपोजल लेख्न सिकाउने निकाय पनि थिएन, के काम गर्ने, कसरी सुरु गर्ने, सुरुआती पुँजी कसरी जुटाउने जस्ता समस्याहरुबाट ग्रस्त हामी युवाहरु आज जुन परिषद्को अभिभावकीय भूमिकामा उद्यम गर्न थालेको छौं, के सिन्को नभाँचेको भनेको यही होला र ?’ उद्यमी बस्नेतले प्रश्त गरे । युवा नीति तथा राष्ट्रिय युवा परिषद ऐन २०७२ जारी भएपछि सोही ऐनमा टेकेर तत्कालीन सरकारले ढुंगेललाई परिषद्मा नियुक्त गरेको थियो । शून्य अवस्थामा रहेको, कार्यालयदेखि कर्मचारी समेत नदिएको प्रारम्भिक अवस्थाबाट मुलुकका सातै प्रदेश र ७७ जिल्लामै युवा समितिहरु स्थापना गरी थोरै बजेटका बाबजुद पनि परिषद्ले हेरक वर्ष उल्लेखनीय कार्यक्रमहरु गरेको विभिन्न जिल्लाका युवा समितिका पूर्व अध्यक्षहरुको समेत भनाइ छ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनदेखि, युवा उद्यमशीलताका लागि परामर्श, सीप तथा दक्षता तालिम प्रदान, उद्यमशील बन्न आवश्यक प्रस्ताव लेखनदेखि बैंकिङ क्षेत्रबाट ऋण प्रवाहमा समेत सरकारी निकायबाट रोहबरको भूमिका खेलेको परिषद्को पहिलो चार वर्षमा ४०४ युवा उद्यमी समूहहरुमाथि लगानी गरेको छ । देशैभरका विभिन्न युवा समूहरुमाथिको लगानीको आँकडा हेर्दा २० करोड २० लाख रुपियाँ रहेको देखिन्छ । परिषद्का सूचना अधिकारी समेत रहेका उपसचिव ध्रुवराज पौडेलले ती सबै युवा उद्यमीहरुलाई उद्यमशीलता परामर्शदेखि, उद्यमशीलता तालिम र बैंक वा सरकारी वित्तिय निकायसम्म पुगाएर रकम समेत लगानीको वातावरण परिषद्कै अगुवाइमा भएको जानकारी दिए । उनका अनुसार यसरी युवा उद्यमी बन्नेहरुमा दर्जनौं महिलाहरु समेत छन् । देशका विभिन्न क्षेत्र र प्रदेशमा युवा इन्कुबेसन केन्द्र स्थापना गर्नेदेखि युवा संसदका माध्यमबाट स्थानीय तहमा युवा परिचालन र नेतृत्व विकासमा परिषद् अब्बल रुपमा उत्रिएको अनुसन्धानबाट पुष्टि भएको छ । त्यस्तै, ग्रामीण युवा उद्यम कार्यक्रम अन्तर्गत रही देशैभर एक वडा एक युवा समूह एक उद्यम कार्यक्रम तथा युवा परिचालन तथा नेतृत्व विकास अन्तर्गत हाल देशैभर १ हजार २२३ युवा क्लबहरु क्रियाशील रहेका छन् । त्यसमार्फत् युवा नेतृत्व विकास, स्वयम् सेवकहरुको परिचालन र कुनै पनि दैवी वा प्राकृतिक प्रकोपका बेला उद्धार राहतका लागि रेस्क्यु टिमका रुपमा समेत यी युवाहरु परिचालित रहेको देखिन्छ । परिषद् युवा नीति तथा युथ भिजन २०२५ ले निर्देश गरेका कार्यक्रमहरु सञ्चालन गरिरहेको देखिन्छ । १० वर्षे रणनीति अन्तर्गत रही उक्त भिजनले युवा सम्बन्धी विभिन्न ५ वटा पिलरहरु र २५ बुँदे प्राथमिकताका कार्यक्रमहरु निर्देश गरेको छ । विज्ञप्तिमा ढुंगेलले उपाध्यक्षको रुपमा नियुक्ति भएपछि जीरो अवस्थाबाट शुरु भएको राष्ट्रिय युवा परिषद आजको अवस्थामा आइपुग्दा नेपालका १ करोड ७ लाख नेपाली युवाको पहिलो सम्पर्क बिन्दु कार्यालय तथा अभिभावकीय निकायका रुपमा युवा परिषद् स्थापित हुन सफल रहेको दाबी गरेका छन् । सरकारले दिने वार्षिक बजेटको आँकडा हेर्दा परिषद् सरकारले दिएको एक सय हातमा लिएर एक लाख बराबरको काम सम्पन्न गर्दै आएका देखिन्छ । त्यस अन्तर्गत अन्तर्राष्ट्रिय युवा सम्मेलनदेखि विज्ञान तथा इनोभेसन सम्मेलन आदि कार्यक्रम त्यस्तै प्रकृति अन्तर्गत सम्पन्न भएको देखिन्छ । परिषद्ले सीमित साधन र स्रोतका बाबजुत नेपाल सरकारबाट जारी राष्ट्रिय युवा नीति २०७२ र युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजनाको उद्देश्य र मर्म बमोजिम नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको कार्यान्वयन गरिरहेको देखिएको छ । नेपालमा सरकारी निकायमा गएर खुट्टा घुमाएर हाजिर गरेर घर फर्कने चलन हाबी छ । यसरी गठन गरिएका निकायहरु कतिपय त आजसम्म पनि गुमनाम छन् । तर, परिषद् भने यो दोषबाट मुक्त हुन सफल छ । आजका दिनमा युवा सम्बन्धी खुलेका एनजिओ आइएनजिओ वा अन्य सरकारी निकाय भन्दा युवा परिषद्को सक्रियता कयौं अर्थमा दोब्बर रहेको छ । उसको सक्रियताकै आधारमा स्थानीय तहका युवा समूहदेखि युवा सम्बन्धी एनजिओहरु समेत यही परिषद्को निर्देशनको पर्खाइमा पुग्ने दिन आएको देखिन्छ । परिषद्ले नेपाल सरकारका विभिन्न निकायहरुबाट सञ्चालन भएका कार्यक्रम र योजनाहरुका बारेमा युवालाई सुसूचित र मार्गदर्शन गर्दै सहजीकरणको भूमिका समेत निभाइरहेको बताएको छ । आजका दिनमा नेपालको युवा सम्बन्धी नेतृत्व गर्ने यो निकाय दक्षिण एसिया, दक्षिण अफ्रिकादेखि योरोप र अमेरिकासम्म विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरुमा स्थापित र सम्मानित भएका प्रमाणहरु छन् । विज्ञप्तिले भनेको छ, छयसरी काम गरिरहेको परिप्रेक्षमा कान्तिपुर टेलिभिजन जस्तो राष्ट्रिय मिडिया हाउसबाट अध्ययन, अनुसन्धान र सोधखोज बिना प्रसारित यस्ता नकारात्मक, भ्रामक र पूर्वाग्रही समाचारले अत्यन्त दुखित तुल्याएको छ ।’ ढुंगेल गत २०७२ फागुन १९ गते नियुक्त भएका थिए । उक्त पहिलो कार्यकाल सम्पन्न भएपछि दोस्रो पटक पनि सरकारले सोही निकायको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको हो । राजनीतिक परिवर्तन पछि नेपालमा क्रियाशील राजनीति दल निकट युवा तथा उद्यमी संगठनहरु भन्दा समसामयिक मुद्दाका हिसाबले पनि परिषद् हिजोका युवा आन्दोलनहरुले माग गर्ने मुद्दाहरु संस्थागत विकास गर्ने दिशामा गतिशील रहेको देखिन्छ ।https://www.facebook.com/NirmanNews/posts/1386066631602864?__xts__[0]=68.ARBAWGC1vtZYwuh6jKYfbTOhv4dHZY06sBX9khIGpED9PWdrdTWRuTPa_KX5AFXZEuJK1MP--Z3CP0N1pi8calfVCAYCWtIzsVQf7rf07SnkpCraJD2MvFuNPhEmrApv5Go8pwD0uK1sGTloCYMt4Yzu9snJ-Iq20DmWCud835kAF-fO_xWO-f_zJe-riKzWb-L_rqFZlzZK3qnxl3i-7h1JX5h91hoelyX0DVTmppUEBNOGOVJ70Cmo4ONixEM1AL5fVuKyI-H30wAFTqUauWh2n6ZSL5DYEqAKTx8g7WUOLiDesfFCnzgMnNX9nZOaU4W19dpylwEPEmgu6SIxFQG09A&__tn__=-R
०००
प्रकाशित: २०७७ भाद्र ११
‘जहाँ युवाहरुले उद्यमशील हुन्छु भन्दा कार्यक्रम प्रोपोजल लेख्न सिकाउने निकाय पनि थिएन, के काम गर्ने, कसरी सुरु गर्ने, सुरुआती पुँजी कसरी जुटाउने जस्ता समस्याहरुबाट ग्रस्त हामी युवाहरु आज जुन परिषद्को अभिभावकीय भूमिकामा उद्यम गर्न थालेको छौं, के सिन्को नभाँचेको भनेको यही होला र ?’ उद्यमी बस्नेतले प्रश्त गरे । युवा नीति तथा राष्ट्रिय युवा परिषद ऐन २०७२ जारी भएपछि सोही ऐनमा टेकेर तत्कालीन सरकारले ढुंगेललाई परिषद्मा नियुक्त गरेको थियो । शून्य अवस्थामा रहेको, कार्यालयदेखि कर्मचारी समेत नदिएको प्रारम्भिक अवस्थाबाट मुलुकका सातै प्रदेश र ७७ जिल्लामै युवा समितिहरु स्थापना गरी थोरै बजेटका बाबजुद पनि परिषद्ले हेरक वर्ष उल्लेखनीय कार्यक्रमहरु गरेको विभिन्न जिल्लाका युवा समितिका पूर्व अध्यक्षहरुको समेत भनाइ छ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनदेखि, युवा उद्यमशीलताका लागि परामर्श, सीप तथा दक्षता तालिम प्रदान, उद्यमशील बन्न आवश्यक प्रस्ताव लेखनदेखि बैंकिङ क्षेत्रबाट ऋण प्रवाहमा समेत सरकारी निकायबाट रोहबरको भूमिका खेलेको परिषद्को पहिलो चार वर्षमा ४०४ युवा उद्यमी समूहहरुमाथि लगानी गरेको छ । देशैभरका विभिन्न युवा समूहरुमाथिको लगानीको आँकडा हेर्दा २० करोड २० लाख रुपियाँ रहेको देखिन्छ । परिषद्का सूचना अधिकारी समेत रहेका उपसचिव ध्रुवराज पौडेलले ती सबै युवा उद्यमीहरुलाई उद्यमशीलता परामर्शदेखि, उद्यमशीलता तालिम र बैंक वा सरकारी वित्तिय निकायसम्म पुगाएर रकम समेत लगानीको वातावरण परिषद्कै अगुवाइमा भएको जानकारी दिए । उनका अनुसार यसरी युवा उद्यमी बन्नेहरुमा दर्जनौं महिलाहरु समेत छन् । देशका विभिन्न क्षेत्र र प्रदेशमा युवा इन्कुबेसन केन्द्र स्थापना गर्नेदेखि युवा संसदका माध्यमबाट स्थानीय तहमा युवा परिचालन र नेतृत्व विकासमा परिषद् अब्बल रुपमा उत्रिएको अनुसन्धानबाट पुष्टि भएको छ । त्यस्तै, ग्रामीण युवा उद्यम कार्यक्रम अन्तर्गत रही देशैभर एक वडा एक युवा समूह एक उद्यम कार्यक्रम तथा युवा परिचालन तथा नेतृत्व विकास अन्तर्गत हाल देशैभर १ हजार २२३ युवा क्लबहरु क्रियाशील रहेका छन् । त्यसमार्फत् युवा नेतृत्व विकास, स्वयम् सेवकहरुको परिचालन र कुनै पनि दैवी वा प्राकृतिक प्रकोपका बेला उद्धार राहतका लागि रेस्क्यु टिमका रुपमा समेत यी युवाहरु परिचालित रहेको देखिन्छ । परिषद् युवा नीति तथा युथ भिजन २०२५ ले निर्देश गरेका कार्यक्रमहरु सञ्चालन गरिरहेको देखिन्छ । १० वर्षे रणनीति अन्तर्गत रही उक्त भिजनले युवा सम्बन्धी विभिन्न ५ वटा पिलरहरु र २५ बुँदे प्राथमिकताका कार्यक्रमहरु निर्देश गरेको छ । विज्ञप्तिमा ढुंगेलले उपाध्यक्षको रुपमा नियुक्ति भएपछि जीरो अवस्थाबाट शुरु भएको राष्ट्रिय युवा परिषद आजको अवस्थामा आइपुग्दा नेपालका १ करोड ७ लाख नेपाली युवाको पहिलो सम्पर्क बिन्दु कार्यालय तथा अभिभावकीय निकायका रुपमा युवा परिषद् स्थापित हुन सफल रहेको दाबी गरेका छन् । सरकारले दिने वार्षिक बजेटको आँकडा हेर्दा परिषद् सरकारले दिएको एक सय हातमा लिएर एक लाख बराबरको काम सम्पन्न गर्दै आएका देखिन्छ । त्यस अन्तर्गत अन्तर्राष्ट्रिय युवा सम्मेलनदेखि विज्ञान तथा इनोभेसन सम्मेलन आदि कार्यक्रम त्यस्तै प्रकृति अन्तर्गत सम्पन्न भएको देखिन्छ । परिषद्ले सीमित साधन र स्रोतका बाबजुत नेपाल सरकारबाट जारी राष्ट्रिय युवा नीति २०७२ र युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजनाको उद्देश्य र मर्म बमोजिम नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको कार्यान्वयन गरिरहेको देखिएको छ । नेपालमा सरकारी निकायमा गएर खुट्टा घुमाएर हाजिर गरेर घर फर्कने चलन हाबी छ । यसरी गठन गरिएका निकायहरु कतिपय त आजसम्म पनि गुमनाम छन् । तर, परिषद् भने यो दोषबाट मुक्त हुन सफल छ । आजका दिनमा युवा सम्बन्धी खुलेका एनजिओ आइएनजिओ वा अन्य सरकारी निकाय भन्दा युवा परिषद्को सक्रियता कयौं अर्थमा दोब्बर रहेको छ । उसको सक्रियताकै आधारमा स्थानीय तहका युवा समूहदेखि युवा सम्बन्धी एनजिओहरु समेत यही परिषद्को निर्देशनको पर्खाइमा पुग्ने दिन आएको देखिन्छ । परिषद्ले नेपाल सरकारका विभिन्न निकायहरुबाट सञ्चालन भएका कार्यक्रम र योजनाहरुका बारेमा युवालाई सुसूचित र मार्गदर्शन गर्दै सहजीकरणको भूमिका समेत निभाइरहेको बताएको छ । आजका दिनमा नेपालको युवा सम्बन्धी नेतृत्व गर्ने यो निकाय दक्षिण एसिया, दक्षिण अफ्रिकादेखि योरोप र अमेरिकासम्म विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरुमा स्थापित र सम्मानित भएका प्रमाणहरु छन् । विज्ञप्तिले भनेको छ, छयसरी काम गरिरहेको परिप्रेक्षमा कान्तिपुर टेलिभिजन जस्तो राष्ट्रिय मिडिया हाउसबाट अध्ययन, अनुसन्धान र सोधखोज बिना प्रसारित यस्ता नकारात्मक, भ्रामक र पूर्वाग्रही समाचारले अत्यन्त दुखित तुल्याएको छ ।’ ढुंगेल गत २०७२ फागुन १९ गते नियुक्त भएका थिए । उक्त पहिलो कार्यकाल सम्पन्न भएपछि दोस्रो पटक पनि सरकारले सोही निकायको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको हो । राजनीतिक परिवर्तन पछि नेपालमा क्रियाशील राजनीति दल निकट युवा तथा उद्यमी संगठनहरु भन्दा समसामयिक मुद्दाका हिसाबले पनि परिषद् हिजोका युवा आन्दोलनहरुले माग गर्ने मुद्दाहरु संस्थागत विकास गर्ने दिशामा गतिशील रहेको देखिन्छ ।
प्रकाशित: २०७७ भाद्र ११
August 27th 2020
प्रतिक्रिया दिनुहोस्