नेपाली समय: ०२:४५:१० बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

कोरोनाको कहरमा मानवीय जीवनको व्यथा

निर्माण सञ्चार, ११ भदौ सरिता दाहाल लेख्छिन्—

चीनबाट शुरु भएको कोरोना भाइरसले गत चैत्रदेखि नेपाल भित्र आतंक सृजना गर्न सुरु गर्यो । चैत्र ११ गतेबाट नेपालमा लकडाउन घोषणा भयो । झण्डै चार महिनाको घरवास, अभाव, भोकमरी, पैदल यात्रा आदि अवस्थावाट विचलित भएको नेपाली समाज रोगभन्दा भोक ठूलो हो भन्ने नारा लगाउने ठाउँमा आईपुग्यो र सरकारले लचिलो हुँदै जनजीवन सहज वनाउने निधो गर्यो र केही समय हामी सहज ढंगले जीवन चलाउन थाल्यौं । 

समयको गति र हाम्रा मुर्ख्याईंपुर्ण सन्निकटता र व्यहारिक वाध्यताका कारण कोरोनाले हामीलाई साँच्चै आक्रमण गर्न थाल्यो र आज यो लेखनमन वस्दासम्म ३४००० भन्दा वढि संक्रमित भैसकेको तथ्य सार्वजनीक मात्र भैरहेको छैन १७५ जनाले ज्यान गुमाएको दुखद समाचार सुन्न हामी विवस छौं । यो क्रम दिन प्रतिदिन वढिरहेको अवस्था छ । 

विश्वमा झण्डै २ करोड ४२ लाख संक्रमित भएका, ८ लाख २६ हजारले ज्यान गुमाई सकेको अवस्था छ भने झण्डै ६२ हजार सिरियस अवस्थामा रहेका छन् ।

यो यात्रा कहिले रोकिने हो थाहा छैन । विश्व स्वास्थ्य संगठनले अझै दुई वर्ष यसको कहरको मार मानव जगतले व्यहोर्नुपर्ने वताईरहँदा झण्डै १ करोड ६७ लाख संक्रमीत निको भएर घर फर्किएको समाचारले यो रोगवाट होसियारी गरे वाँचिन्छ भन्ने आत्मवल प्रदान गरेको तथ्यलाई ओझेलमा पार्नु हुन्न। 

कोरोनाले हामीलाई यातना त दिएकै छ तर यो सँगसँगै हामीलाई वाँच्ने नया कला पनि सिकाई रहेको छ । जीवनको नयाँ गति पक्रन सिकाई रहेको छ । वैकल्पिक गतीको यात्रामा अभ्यस्त वनाईरहेको छ । आफ्नो देश प्रतिको माया जागृत गरिरहेको छ ।

आफ्नो देशको प्राकृतिक श्रोत साधनसँग रम्न र जीवन देख्न सिकाई रहेको छ । त्यसैले त आज सधैं जस्तो वाँझै रहने खेत वारिमा आज अन्न वाली तरकारी फलिरहेको छ। उपत्याकाका घर र वरिपरि कृषि मय वनेका छन् । परिवर्तनको शुरुवात भै सकेको छ ।

लकडाउन भित्र घरमन वसेर शययm र धभदष्लबच मा व्यस्तता वढेको छ । धयचप ाचयm जयmभ को अवधारणा वमोजिम काम भैरहेका छन् । वैकल्पिक जीवनको नयाँ यात्रा जीवन पद्धतिको रुपमा विकास भैरहेको छ । समयले हामीलाई परनिर्भर अर्थतन्त्रवाट आत्मनिर्भर अर्थतन्त्रको ठाउँमा पुर्याउँन कोरोना साधक वन्न सक्दछ भन्ने विस्वासका साथ अगाडि वढ्दा यो सफलता टाढामाँही छैन ।

कोरोनाको संक्रमण वढ्दै जादा समाजमा केही विकृति र अमानवियताले राज गर्न थालेको अवस्था पनि देखिन शुरु भैसकेको छ । वानेस्वरमा सिभिल हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी माथिको आक्रमण यसको ज्वलन्त उदाहरण हो ।

वाँच्ने चाँहाना कस्लाई हुदैन र १ तर, आफू वाँच्ने नाममा अरुको दुख र मर्म नवुझि विमारीको सेवामा समर्पित हुने स्वास्थ्यकर्मी र सुरक्षामा खटिने सुरक्षाकर्मीको मनोवल घटाउने व्यवहार समाजका जुनसुकै तहवाट भए पनि त्यो खेद जन्य छ ।  

अन्त्यमा, कोरोना एउटा नयाँ भाइरस हो । होसियारी अपनाउन सक्दा यसबाट बच्न सकिन्छ भन्ने प्रमाणित भैसकेको छ । उपचार पछि घर फर्किएको ठूलो संख्या आफैं बोलिरहेको छ ।

तर, लापरबाही गरे ज्यान जान पनि सक्छ भन्ने वुझेर जडिवुटीय रस र भोजनको माध्यमवाट इमिनीटी शक्ति बढाउने, सरसफाई र भौतिक दुरीको मापदण्ड पूरा गर्ने, मानव मानव वीच अझै गाढा माया गर्ने, सेवामा जोखिम मोलेर वाध्यतावस परिचालित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई माया र सम्मान भाव प्रकट गर्ने सामाजिक व्यवहारको विकास गरी कोरोनाको कहरलाई अवसरमा बदल्ने साहस गर्नु पर्ने दायित्व हाम्रो काँधमा आएको महसुस भएको छ ।


०००



प्रकाशित: २०७७ भाद्र ११
August 27th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार