नेपाली समय: ०१:१२:४२ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि १० बजेसम्म कर्फ्यू, उल्लंघन भए गोली हान्ने आदेश

निर्माण सञ्चार, १९ भदौँ,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार (आजं) बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ । ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि  प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । 


ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको जानकारी दिए । 

उनका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरषाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ । 
 
निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए । शान्तिसुरक्षा र चमनचयन कायम राख्न  कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


आज पनि सम्भावित घटनालाई मध्यनजर गरेर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।   


०००



प्रकाशित: २०७७ भाद्र १९
September 4th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार