नेपाली समय: ०२:३७:४५ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

आइतबार थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ५९७ संक्रमित

निर्माण सञ्चार, २८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १०३९ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५४ हजार १५९ रहेको छ । संक्रमित मध्ये ३८ हजार ६९७ जना निको भएर घर फर्किसकेका छन् ।  

पछिल्लो २४ घण्टामा ११७३ जना कोरोनामुक्त भएका छन् भने ९ जनाको मृत्यु  भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ । 

काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित भएका हुन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

 

 

यस्तै काठमाडौंका ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६५ वर्षकी दुई महिला, ५९ वर्षका दुई, ६४ र ७९ वर्षका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

०००

 
 



प्रकाशित: २०७७ भाद्र २८
September 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार