नेपाली समय: १२:५५:०३ am
वि.सं २०७७ आश्विन १४   बुधवार

कालिकोटमा डेढ करोडको कोभिड विशेष अस्पताल संचालन

निर्माण सञ्चार, २८ भदौ, कर्णाली प्रदेश । कालिकोटमा कोरोना विशेष अस्पताल संचालनमा आएको छ ।

कर्णाली प्रदेशका १० वटै जिल्ला मध्य पहिलो जिल्लाका रुपमा कालिकोटमा ५४ शैयाको कोभिड विशेष अस्पताल संचालनमा आएको हो । उक्त कोभिड विशेष अस्पतालको आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नु भएको छ । मुख्यमन्त्री शाहिले उद्घाटन गरे संगै आजैबाट अस्पतालका सेवाहरु पनि शुभारम्भ भएका छन् । 

कर्णालीमा कोरोना संक्रमण अन्य प्रदेशको तुलनामा कमै भएपनि कालिकोटका नागरिकलाई उपचारका लागि जुम्ला सुर्खेत भौतारिनु पर्ने समस्याबाट छुटकरा मिलेको मुख्यमन्त्री शाहिको भनाई छ ।

उनले भने, “कर्णाली प्रदेशका १० वटा जिल्लामा यति ठूलो भवनमा कतै पनि कोभिड विशेष अस्पताल बनेको छैन । ‘जनस्वास्थ्यका मापदण्डको अवलम्बन गरौँ, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गरौँ’ भन्ने मूल नारालाई सार्थक बनाउँदै कर्णालीमै ठुलो कालिकोटमा कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा ल्याइएको होे ।”

कर्णाली प्रदेश सरकारको एक करोड ७० लाखको लागतमा कोरोना विशेष अस्पताल तयार भएको समेत मुख्यमन्त्री शाहिले जानकारी दिए । कालिकोटका स्थानीयतहमा रहेका आइसोलेसन, क्वारेन्टाईनमा बसेका सबै संक्रमित अब विशेष अस्पतालमै बस्ने भएका छन् ।

२ वटा आइसियू कक्ष र एक भेन्टीलेटर सहित ५४ शैयाको विशेष अस्तालमा तयार भएको अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटीले जानकारी दिए । 

साथै कालिकोटमा बाढी पहिरोमा परी हाल ज्यान गुमाउनेका आफन्तलाई राहत वितरण गरिएको छ । कर्णाली सरकारले शूरु गरेको जोखिम बिमा बापत मृत्तकका परिवारले पाउने रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । हाल सम्म मृत्यु भएका ५१ ज्नाका परिवारलाई राहत वितरण गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री सहित, कानुन मन्त्री, सामाजिक विकास मन्त्री लगायतको टोली माथिल्लो कर्णालीका नागरिक संग भेटघाटका लागि आएको छ । कालिकोट पछि मुगु हुदै जुम्ला पुगेर फर्किने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेशले जनाएको छ । 


०००



प्रकाशित: २०७७ भाद्र २८
September 13th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्