नेपाली समय: ०२:३९:१५ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

क्याप्टेन विजय लामालाई कोराना संक्रमण पुष्टि

निर्माण सञ्चार, २९ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए ।

आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् ।


उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो ।

क्याप्टेन लामासहित अर्का एकजना क्याप्टेनलाई पनि कोरोना संक्रमण भएको छ। दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।

 

 

 

०००



प्रकाशित: २०७७ भाद्र २९
September 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार