नेपाली समय: ०२:१५:१४ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

‘अनसन केशी’ बनिसके डा गोविन्द केसीः १९औँ सत्याग्रह फेरि जुम्लाबाटै सुरु

निर्माण सञ्चार, २९ भदौ, जुम्ला । प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधार सहितका ६ वटा माग गर्दै कोरोना कहरका बीच जुम्लामा १९ औँ सत्याग्रह शुरु गरेका छन् ।

यसअघि  कोरोना संक्रमणलाई मध्यनजर गर्दै दुईपटक स्थगीत गरेका डा.केसीले सोमबारबाट जुम्लाको चन्दननाथ नगरपालिका ६ रानिचौरमा रहेको बाविरा मन्दिरको धर्मशालामा १९ औ सत्याग्रह शुरु गरेका हुन् ।

नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारका अनियमिताका विरुद्ध जुम्लामा १९ औ सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए ।  

आफु संग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने भएता पनि सरकारले लादेर अघि बढेको समेत उनको भनाई छ ।

२ वर्ष पहिले १६ औँ सत्याग्रह पनि जुम्लामै बसेका डा.केसीले पहिलाको सत्याग्रहका वेला गरिएका सम्झौताहरु अहिले सम्म पनि सरकारले कायान्वयन नगरेका कारण पुनः१९ औ पटक सत्याग्रह जुम्लामै बस्न बाध्य भएको उनको भनाई छ । 

जुम्ला सदरमुकाम खलंगाको उत्तरमा पर्ने मालपोत कार्यालय नजिक रहेको बाबिरा मन्दीरको धर्मशालामा सोमबार २ बजेबाट सत्याग्रह शुरु गरिएको हो । प्रहरी प्रशासनले जिल्लाको अन्य क्षेत्रमा अनसन बस्न अबरोध गरेपछि जंगल नजिक धर्मशाला अनसन शुरु गर्न बाध्य भएको उनको प्रेश विज्ञेप्तीमा उल्लेख छ । 

सरकारले कर्णालीमा  गुणस्तरीय निशुल्क स्वास्थ्य सुनिश्चिताका साथै कर्णाली प्रतिष्ठानमा शुरु गर्ने भनिएको एमबीबीएस लगायतका कार्यक्रमहरु कार्यान्वयनका लागि कर्णालीप्रति निर्मम भएको पटक पटकको मागलाई समेत सुनुवाई नगरेको विज्ञप्तीमा उल्लेख छ । कर्णालीका छोराछोरी गुणस्तरिय स्वास्थ्य पाउन,डाक्टरी पढ्न पाउनु पर्ने मौलिक अधिकार सरकारलेनै कुण्ठित गरेको डा.केसीको आरोप छ ।  

प्रधानमन्त्री ओलीको केन्द्र सरकारदेखि कर्णालीको प्रदेश सरकारसमेत जायज मागसहितको हाम्रो आन्दोलनलाई दमन गर्न लागिपरेका समेत आरोप लगाएका छन् । चिकित्सक हुनुको नाताले यहाँका दुरदराज गाउँमा उपचारमा जाँदा समेत माथिको आदेश भन्दै विरामी चेकजाँचमा रोक लगाइएको उनको गुनासो छ । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण बढ्दै गएको अबस्थामा डा.केसीले अनसन बस्नु उचित नभएको एकतर्फी टिप्पणी गरेका छन् । भने, कर्णालीको स्वास्थ्य शिक्षा सहित सरकारले विधि र पद्धती विपरित गरेका काम विरुद्ध एक व्यक्तिले वर्षौदेखि माग गर्दा समेत सरकार रमिते भएको प्रति अर्कोतर्फी नागरिक आक्रोसित छन् । 

डा. केसीका मागहरु

१, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस संचालन, गेटा मेडिकल र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिघ्र पूर्वाधार र जनशक्ति पुरयाएर पठनपाठन शुरु गरियोस ।
२, मास्कको प्रयोग समाजिक दुरीलाई अनिवार्य गर्दै पिसिआर परिक्षण व्यापाक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गरी कोभिडका बिरामीको उचित व्यवस्थापन गरियोस् ।
३, हामी संग सरकारले २०७५ साल साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।
४, त्रिवि चिकित्साशास्त्र अध्यायन संस्थानमा बरिष्ठता मिचेर भएका नियुक्तीहरु सच्याउँदै सबै पदमा बरिष्ठताका आधामा नियुक्त गरियोस् ।
५, बलयपाटा अस्पतालाई नियमित आबश्यक बजेटको व्यवस्थागरी दिगो निशुल्क सेवाको सुनिश्चित गरियोस ।
६, राज्य लक्ष्मी, गोल्छा घुस काण्ड, आयल निगम जगा खरिद काण्ड, वाईडबडी काण्ड,सेक्युरिटी प्रेस खरिद काण्ड,दरबारमार्गको जगा काण्ड,ओम्नी समुहको औषधी खरि काण्ड, लगायत ठुला भ्रष्टचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन गरी कारबाहि गरियोस भन्ने ६ वटा माग सहित जुम्लामा डा.केसीले १९ औँ सत्याग्रह जुम्लाबाट शुरु गरेका छन् । 

 

**कर्णाली संवाददाता परियारको तस्वीर सहित स्थलगत रिपोर्टिङ

०००



प्रकाशित: २०७७ भाद्र २९
September 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार