नेपाली समय: १२:११:१६ राती
वि.सं २०७७ कार्तिक ११   मंगलवार

निर्माण सम्पन्न एकिकृत वस्ती आवास बिहीन मुसहर जातिलाई आज हस्तान्तरण गर्ने

 निर्माण सञ्चार २ असोज, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ र ९मा बाग्मती प्रदेश सरकारले मुसहर जातिका लागि निर्माण गरेको ३३५ वटा घर भएको एकिकृत बस्ती आज उक्त जातिलाई हस्तान्तरण गर्ने भएको छ । 
 
जनता आवास कार्यक्रम अन्र्तगत प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले दुई करोड लागतमा निर्माण गरेको उक्त एकिकृत बस्ती संविधान दिवसको अवसर पारेर मुख्य मन्त्री डोरमणी पौडेलले बस्तीको साँचो मुसहर जातिलाई हस्तान्तरण गर्ने मन्त्रालय स्रोतले बताएको छ । 

प्रदेश सरकारको आवास बिहीन अति सिमान्तकृत माझी, मुसहर र चेपाङ जातिहरुका लागि एकिकसत बस्ती निर्माण गर्ने योजना अन्तर्गत दोलखाको भिमेश्वर ४ को जिलु एकिकृत बस्तीका निर्माणका लागि  दुई कराड, हेटौडा उपमहानगरपालिकाको वडा नं ११ र १२ मा निर्माण हुने एकिकृत बस्तीका लागि २ करोड ५० लाख, धादिङ एकिकिृत बस्ती निर्माणका लागि ४५ लाख र सिन्धुपाल्चोक जिल्लाका प्युघर भदौरे एकिकृत माझी बस्ती निर्माणका लागि एक करोड, नोर्वुलिङ एकिकृत माझी बस्ती हेलम्बु ३० लाख, झ्याडी एकिकृत नमूना बस्ती निर्माण सागाँचोक गढी ४० लाख बजेट विनियोजन गरिेएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

 


०००



प्रकाशित: २०७७ आश्विन २
September 18th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार