नेपाली समय: ०३:५३:३४ अपरान्ह
वि.सं २०७७ कार्तिक ५   बुधवार

पेट्रोल ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी, चालक र सहचालक बेपत्ता

 निर्माण सञ्चार,४ असार,काठमाडौँ । पेट्रोल बोकेको ट्याङ्कर गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ। काठमाडौंतर्फ आइरहेको  ना ४ ख २८२२ नम्बरको ट्याङ्कर चरौँदीबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो 


जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ । दुर्घटना आइतबार बिहानपख करिब २ बजे भएको हो । 

ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको बताए। नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।


०००



प्रकाशित: २०७७ आश्विन ४
September 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार