नेपाली समय: ११:४०:०१ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

प्रधानमन्त्री ओलीका तीनवटै सल्लाहकार तथा स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि !

निर्माण सञ्चार, १७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयका प्रमुख स्वकीय सचिव सहित तिनवटै सल्लाहकारहरुमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्री ओलीका सल्लाहकारहरु सबैले आफूमा कोरोना भाइरस संक्रमण पुष्टि भएको आ–आफ्नो सामाजिक सञ्जाल मार्फत् सार्वजनिक समेत गरेका छन् । 

थप जानकारी ....

प्राप्त पछिल्लो जानकारी अनुसार प्रधानमन्त्री कार्यालयका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

स्रोतअनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका १८ जना र राष्टि«य अनुसन्धान विभागका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तर, अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षार्थ खटिए मध्ये पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने कोरोना संक्रमण देखिएको छैन । 

अझै पनि केहीको रिपोर्ट आउन बाँकी नै रहेको स्रोतको भनाइ छ ।

देशभर कोरोनाः कस्तो छ अवस्था 

शनिबार प्राप्त पछिल्लो २४ घण्टाको जानकारी अनुसार देशैभर २१२० थप नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये उपत्यकामा मात्र ११७७ जना कोरोना संक्रमित पुष्टि भएका छन् । 
OOO

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सचिवालयका उनीहरुको शुक्रबार स्वाब परीक्षण गरिएको थियो । प्रधानमन्त्री सचिवालयले भन्यो, ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ ।’

थापाका अनुसार चालक दलका सदस्यहरुमध्ये ‘केही’लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।’

आफ्नो सचिवालयका सबैमा कोरोना पोजिटिभ देखिएपछि प्रधानमन्त्री ओलीको पनि स्वाब परीक्षण गरिने भएको छ । यसपटक भने प्रम ओलीको स्वाब परीक्षण गरिएको थिएन । 

सचिवालयका चारै जनामा कोरोना देखिएपछि अब उनको पनि परीक्षण हुने सचिवालय स्रोतले बतायो ।

सामाजिक सञ्जालमा सचिवालयका विशिष्ट व्यक्तिहरुले पोस्ट गरेको जानकारी निम्नानुसार रहेको छ–

 

https://twitter.com/BishnuRimal/status/1312342417165545472  

https://www.facebook.com/rajanbha/posts/10224938856845660  

 

https://www.facebook.com/surya.thapa.754918/posts/3396692407089906  

०००



प्रकाशित: २०७७ आश्विन १७
October 3rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार