नेपाली समय: ११:५९:५६ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

नेपालमा कोरोना स्थिति भयावहः देशैभर पुष्टि भए हालसम्मकै धेरै ३४३९ नयाँ संक्रमित,उपत्यकामा १६८४ संक्रमित

निर्माण सञ्चार,२१ असोज, काठमाडौं । विश्वमहामारीको रुपमा रहेको कोरोना भाइरसका कारण बितेको २४ घण्टामा देशभर  हालसम्मकै उच्च ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४जना रहेका छन् । 
 यससँगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए । 


सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई निरन्तरता दिन्छ या परिमार्जन गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन । 
यसैगरी आज संस्थागत आइसोलेशनमा १० हजार ५९६ जना र होम आइसोलेशनमा १४ हजार ४११ जना रहेका छन् । 

काठमाडौंका ४ सहित कोरोनाभाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका मृतकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन्
यस्तै ललितपुरमा १ जना पुरुषको मृत्यु हुँदा दाङ, सिरहा र रौतहटमा पनि १र१ महिलाको मृत्यु भएको छ । 


यसैगरी मोङमा थप २ पुरुषको पनि मृत्यु भएको छ भने चितवन, रुपन्देही र नवलपरासीमा पनि १र१ जना पुरुषको मृत्यु भएको छ । 
स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ महिला र १० पुरुष गरी थप १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या हालसम्म ५७८ पुगेको जानकारी दिए । 
  


०००
 



प्रकाशित: २०७७ आश्विन २१
October 7th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार