नेपाली समय: १२:४४:२६ राती
वि.सं २०७७ कार्तिक ११   मंगलवार

उपत्यकावासीलाई सरकारको आग्रहः कोरोनाको उच्च जोखिममा छ, सतर्कता अपनाऔं

निर्माण सञ्चार,२१ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड(१९) को उच्च जोखिम  बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेको बताए ।

संक्रमणको दर अझ नियन्त्रण बाहिर गए ठूलो जोखिम निम्तिने उनले बताए ।

स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ ।  त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’

दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । अरु बेला जस्तो काठमाडौं(गाउँ(काठमाडौं ओहारदोहोरा गर्दा संक्रमण पनि ओहोर दोहोर गर्न भन्दै उनले सतर्क रहन आग्रह गरेका छन् । उनले भने, ‘‘६० मुनिकाको संक्रमण दर र मृत्यु दर पनि तुलनात्मक रुपमा कम रहेको छ । ६० वर्षमाथिको बढिरहेको छ । ओहोरदोहोर गर्दा आउने जोखिमलाई कम गर्न ध्यानमा राखौँ । आर्शिवाद बचाउँ ।’’


०००
 



प्रकाशित: २०७७ आश्विन २१
October 7th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार