नेपाली समय: ११:४१:४८ बिहान
वि.सं २०७७ कार्तिक ११   मंगलवार

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, के लकडाउन होला त ?

निर्माण सञ्चार,२१ असोज, काठमाडौं । देशभर कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  देशभर ३४३९ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या  संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन् ।


 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको थियो । असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।  २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने मन्त्रालयको भनाइ छ । 


सरकारले यो सिफारिसलाई कार्यान्वयन गर्छ या के गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन । 


नेपालमा कोरोना संक्रमितको संख्या बुधबार ९४ हजार २५३ पुगेको छ। संक्रमितमध्ये ६८ हजार ६६८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ।
 


०००
 



प्रकाशित: २०७७ आश्विन २१
October 7th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार